महतले भने, ‘विप्लवले हाेइन ममाथि एमाले–माकेका उम्मेदवारले एम्बुस हाने’

काठमाडौं, १ मंसिर । वम विष्फाेटमा परेका नेपाली कांग्रेसका नेता तथा नुवाकाेट १ बाट प्रतिनिधि सभाका उम्मेदवार डा. रामशरण महतले अाफ्ना प्रतिस्पर्धीले अाफूमाथि धराप थापेकाे बताएका छन् ।

शुक्रबार दिउसाे ककनीमा उनीसँगै हिडेका तीन गाडीमध्ये बीचकाे गाडी विद्मुतीय धरापमा परेकाे थियाे । वम विष्फाेटमा परी उनका पाँच जना कार्यकर्ता घाइते भएका थिए ।

यसैबीच पूर्वमन्त्री समेत रहेका नेता नेता महतले उक्त एम्बुस विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले नभइ अाफ्ना प्रतिस्पर्धी उम्मेदवार हितबहादुर तामाङले गराएकाे बताएका छन् । महतले अाफूले चुनाव जित्ने पक्काभएपछि हितबहादुर तामाङ निर्वाचन बिथोल्न सक्रिय रहेको अाराेप पनि लगाए । तामाङ वाम गठबन्धनका तर्फबाट साेही क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै महतले भने, ‘चुनावमा जित्न लाग्यो भनेर विपक्षीले एम्बुस राखेको हुन सक्छ । बढ्दो जनसमर्थनबाट विपक्षीहरु आत्तिएका छन् । विप्‍लव जीहरुले बम आक्रमण नगरेको बताइरहनुभएको मैले सुनेको छु, यो आमसभामा जान नपाओस् भन्नेहरुले गराएको आक्रमण हो ।’

नेता महतले जंगलको बीचमा बाटो मुन्तिर प्रेसर कुकर बम राखेर विष्फाेट गराएकाे बताए । घटनाकाे सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न पनि उनले सरकारसँग माग गरे ।

Loading...