रामशरण महत चढेकाे गाडी एम्बुसमा पर्दा ५ घाइते

नुवाकोट, १ मंसिर । नुवाकाेटमा नेपाली काँग्रेसका नेता डा. रामशरण महत चढेकाे गाडी एम्बुसमा परेकाे छ । सडकमा राखिएकाे एम्बुस पड्किदा महतसँगै हिडेका कार्यकर्ताहरु घाइते भएका छन् ।

महत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उमेदवार बनेका छन् । उनकाे गाडी एम्बुसमा पर्दा ५ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्ती मगर रहेकाे प्रहरीले जनाएकाे छ ।

चुनावी प्रचार प्रसारमा रहेका महतको बा १६ च ६६५ नम्बरको गाडी ककनी गाउँपालिका वडा नम्बर ७ मा पुगेपछि एम्बुसमा परेको प्रहरीले जनाएकाे छ । अहिलेसम्म घटना कसले गराएको हो भन्ने जानकारी भएको छैन । अधिकारिक रुपमा घटनाको जिम्मा कसैले पनि लिएको छैन।

नुवाकोटबाट उम्मेदवार बनेका महत घरदैलो कार्यक्रम सकेर फर्किंदै गरेका बेला आज (शुक्रबार) बिहान ककनीमा उनी सावर गाडी अज्ञात समुहले थापेको विधुतीय धरापमा परेको हो ।

एम्बुस विस्फोट हुँदा तीनजना घाइते भएका छन् भने नेता महत सकुशल छन् । वम विस्फोट पछि स्थानीय त्रसित बनेका छन् भने उम्मेदवार माथि थप खतरा बढेको भन्दै काँग्रेस कार्यकर्ताहरु आत्तिएका छन् । घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए ।

Loading...