जनजाति पहिचान समेत दिन इन्कार गर्ने तिन ठुला दलहरु अधिकारका कुरा गर्छन – सी.पी मैनाली

    

 

कार्तिक ३० ,काठमाडौँ /

नेकपा माले महासचिब सिपी मैनालीले तीन ठुलादलले देशलाइ भताभुंग भनाएको आरोप लगाउनु भएको छ । काठमाडौँ क्षेत्र न. ८ को जनसमाजबादी पार्टी र ने.क.पा माले बात बिहिबार संयुक्त चुनावी सभालाई सम्भोधन गर्दै संसदबादी तीन ठुला दल लगाएतले साना राजनैतिकदलहरुमा अनावश्यक मापदण्ड राखेर षड्येंत्र गर्दै आलोपालो लुटतन्त्र चलाउदै देश बर्बाद भनाएको भन्दै संबिधानमा जनजाति पहिचान समेत दिन इन्कार गर्ने तीन ठुला दलहरुले चुनाबको नजिक आएर फेरी जनतालाई समानुपातिकका कुरा गर्दै झुक्याउन लागिपरेको बताउनु भएको छ ।

क्षेत्र न. ८ का प्रतिनिधि सभा सदश्य साझा उमेदवार मनोज नेवा खड्गीले बिश्वो सम्पदा सुचिकृत यस क्षेत्रबात बिगतमा पटक पटक जनता बात निर्वाचित भएर गएका कांग्रेस एमाले ठुला दल भनाउदाहरुले सत्ता र कुर्शी प्राप्तिको भूमिका मात्र खेल्दै भुकम्प बात क्षेतीभएका सम्पदा पुनर्निर्माणमा कुनै चासो नदेखाएको भन्दै आउदो निवाचनमा जनतालाई प्रभावित पार्न आफ्नो पक्ष्यमा ल्यानाकै निमित्त हतार हतार सडक पिच गर्ने , बिकास निर्माणका काम गरेजस्तो देखाउने जनताका बीच हावादारी प्रतिबद्दताका आशा देखाउदै नौटंकी देखाउदै गरेको हुदा जनताले बिगतलाई केलाउदै देश तथा यस क्षेत्रको समग्र बिकाशका लागि बैकल्पित राजनैतिक नेत्रित्वोको लागि आफुलाई अगाडी सर्नु परेको बताउनु भयो ।

प्रदेश न ३ अन्तर्गत काठमाडौँ क्षेत्र न ८ मा भित्रि शहरमा ६ वटा र बाहिर २ गरि जम्मा ८ वटा वडा रहेको छ ।

Loading...