२१ वर्षीय युवाले हानेका थिए गौचनलार्इ गोली, यसरी भएको थियो गौचनको हत्या

काठमाडाैं, २९ कार्तिक । राजधानीमा दिउसै गाेली हानी हत्या गरिएका व्यवसायी शरदकुमार गाैचनलार्इ गाेली हान्ने २१ वर्षीय युवक रहेेकाे खुलेकाे छ । साथै गाैचनलार्इ गाेली हान्नुअघि ढुंगा हानेर गाडी राेक्ने व्यक्ति पनि २२ वर्षीय युवक रहेकाे थाहा भएकाे छ ।

गाैचनलार्इ गाेली हान्ने र ढुंगा प्रहार गरेर गाडी राेक्ने दुबै व्यक्तिलार्इ प्रहरीले पक्राउ गरिसकेकाे छ । गाैचनलार्इ गत असाेज २३ गते राजधानिकाे मध्य बानेश्वरमा गाडी भित्रै गाेली हानेर हत्या गरिएकाे थियाे ।

काे थिए गाैचनकाे हत्या गर्ने ?

गाैचनकाे हत्यामा प्रत्यक्ष सम्लग्न व्यक्ति मध्ये प्रहरीले पाँच जनालार्इ पक्राउ गरी सार्वजनिक गरेकाे छ । त्यसमध्ये गाैचनलार्इ दुर्इ राउन्ड गाेली हान्ने व्यक्ति नुवाकाेटका राजिव स्याङतान रहेकाे प्रहरीले जनाएकाे छ । नुवाकाेटका २१ वर्षीय राजिव पेशेवर सुटर नै भएकाे प्रहरी दावी छ । उनी सानाे उमेरमै यति ठूलाे हत्याका याेजनामा सम्लग्न कसरी भए भन्नेबारे प्रहरीले अध्ययन गरिरहेकाे छ ।

प्रहरीका अनुसार गाैचनकाे हत्या गर्ने दिन राजधानीकाे मध्य बानेश्वरकाे खरिबोट चोक नजिक २१ राजिव स्याङतान र २२ वर्षीय प्रकाश बुढाथाेकी कुरेर बसेका थिए । प्रकाश बुढाथाेकीले ढुंगा हानेर गाडी राेक्ने जिम्मा पाएका थिए भने राजिवले राेकिएकाे गाडी नजिक गएर गाेली हान्ने जिम्मा पाएका थिए । साेही वमाेजिम बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडीमा अाइरहेका गौचनकाे गाडीमा प्रकाशले ढुंगा प्रहार गरे । ढुंगा प्रहार गर्ने बित्तकै उनी भागे । जसबाट गाडीकाे अगाडिकाे शिशा फुट्याे । गाैचनका चालक रामकुमार खत्रीले गाडी राेके । गाडी राकिने वित्तिकै २१ वर्षीय पेशेवर सुटर राजिव स्याङ्ताङले नजिकै गएर दुई राउण्ड गोली चलाए । त्यसपछि उनी पनि ढुंगा हान्ने व्यक्ति भागेतिरै दाैडिए । दाैडदै गएका उनीहरु केहीपर पुगेपछि एउटा माेटरसाइकलमा बसे । माेटरसाइकल स्टार्ट गरेरै कुरेर बसिरहेका थिए सन्ताेष गुरुङ । प्रकाश र राजिवभन्दा सन्ताेष अझ कम उमेरका छन । १८ वर्षीय सन्तोष गुरुङले स्टार्ट गरेर राखिरहेकाे माेटर साइकल चढेर तीनै जना सजिलै भागे । सन्ताेष पर्साकाे ठाेरी गाउँपालिका वार्ड नम्बर ५ का बासिन्दा रहेकाे बताइएकाे छ ।

गौचन हत्याकाण्डको अनुसन्धान गर्न बनेकाे छानविन समितिका प्रमुख डीआईजी गणेश केसीले गोली प्रहारपछि सुटर स्याङ्ताङले केहीपर पुगेर मास्क र ज्याकेट फालेकाे बताए । ज्याकेट फालेर उनले सेतो टिसर्ट लगाए । सुटर स्याङतान नुवाकाेटका बिभिन्न भागमा लुक्दै अाएका थिए । उनलार्इ प्रहरीले सोमबार पक्राउ गरेकाे हाे । पक्राउ पर्दा पनि उनी त्यही टिसर्टमा भेटिएकाे प्रहरीले जनाएकाे छ । गाडीमा ढुङ्गा हान्ने व्यक्ति प्रकाश बुढाथोकी भने राजधानीमै बिभिन्न ठाउँमा लुकेर बस्दै अाएका थिए ।

राजिव, प्रकाश र सन्ताेषलार्इ हतियार र मोटरसाइकल व्यवस्था गर्ने अन्य दुर्इ जनालार्इ पनि प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीका अनुसार गाेली हान्न पठाउने बेला पर्साका ३५ वर्षीय शिवजी महतो र भारत विहारका २४ वर्षीय मुकेशकुमार पाण्डेले सहयाेग गरेका थिए । उनीहरुले नै हतियार र माेटरसाइकल व्यवस्था गरी उनीहरुलार्इ दिएकाे प्रहरीले जनाएकाे छ । घटनामा भारतबाट चोरी गरेर साइन मोटरसाइकल ल्याइ नेपाली नम्बर बा ३५ प २४६१ राखेर प्रयोग गरिएको भेटिएको छ । घटनामा प्रयोग गरिएको हतियार भने भारतको वेतियाबाट नेपाली रुपैयाँ ६५ हजारमा खरिद गरिएको खुलेको छ । प्रहरीले महताे र पाण्डेलार्इ पनि पक्राउ गरेकाे छ ।

गाैचन हत्याकाे मुख्य याेजनाकार काे हुन ?

प्रहरीले गाैचनकाे हत्याकाे मुख्य याेजनाकार गुण्डा नाइके समिरमान सिंह बस्नेत रहेकाे बताएकाे छ । उनलार्इ अर्का गुण्डा मनाेज पुनले सहयाेग गरेकाे पनि प्रहरीकाे दावी छ । समिरमानले गाैचनसँग लामाे समयदेखि ठूलाे रकम माग्दै अाएकाे तर मागे जति रकम गौचनले नदिएपछि उनकाे हत्या गर्ने याेजनामा बस्नेत पुगेकाे प्रहरीकाे भनार्इ छ । उसले कति रकम मागेकाे थियाे भन्नेबारेमा भने प्रहरीले पत्ता लगाइरहेकाे जनाएकाे छ ।

समिरमान सिंह बस्नेत यसअघि पनि बिभिन्न अपराधिक कार्यमा सम्लग्न हुँदै अाएका थिए । काठमाडौंमा रहेर लामो समयदेखि व्यवसायीबाट चन्दा उठाउने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा उनकाे संलग्नता रहँदै आएका थियाे । हाल बस्नेत भारतमा लुकेर बसेकाे हुनसक्ने प्रहरीले जनाएकाे छ ।

त्यसैगरी गाैचनकाे हत्यामा दुर्इ जना भगाैडा सैनिक पनि सम्लग्न भएकाे खुलेकाे छ । प्रहरीले श्यामबहादुर गुम्बे र काले दाई भनिने अमरबहादुर राणा पनि याे हत्यामा सम्लग्न रहेकाे जनाएकाे छ । उनीहरु दुबै जना आर्मीबाट भागेका भगौडा हुन् । उनीहरुसँगै याे घटनामा अझै ८ जना रहेकाे र उनीहरु फरार रहेकाे प्रहरीले जनाएकाे छ । घटनामा लोप्साङ नाम गरेका अर्का व्यक्ति र गंगा लिङ्देन लिम्बु नाम गरेका व्यक्तिकाे पनि सम्लग्नताररहेकाे जनाएकाे छ । उनीहरु सबै समिरमान सिंह बस्नेत र मनाेज पुनकाे कमाण्डमा रहेर नेपालमा अपराधिक क्रियाकलाप गर्दै आएको प्रहरीले जनाएकाे छ । त्यस्तै रोशन बुढाथोकी र अजय थापा नाम गरेका व्यक्ति पनि याे घटनामा सम्लग्न भएकाे प्रहीकाे दावी छ ।

याे पनि पढ्नुहाेस्

मागे जति पैसा नदिएकै कारण गाैचनकाे हत्या 

 

Loading...