४१ देशका बाल सुन्दरीहरुसँग भिड्न नेपालकी विशेषता ब्राजिलमा

काठमाडौं । ४१ देशका बाल सुन्दरीहरुकाे सहभागितामा हुने ‘लिटिल मिस क्विन इन्टरनेशनल २०१७’मा भाग लिन नेपालकी विशेषता बुढाथाेकी ब्राजिल जाँदैछिन । नेपालको प्रतिनिधित्व गर्दै बाल सुन्दरी बिशेषता बुढाथोकी ब्राजिलको साउपाउलो शहरमा आगामी ६ देखि १२ डिसेम्बरसम्म आयोजना हुने प्रतियोगितामा जाने भएकी हुन् । उनी नेपालको पहिलो सहभागी हुनेछिन ।

यसअघि ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागी बिषेशताले सो प्रतियोगीताबाट ‘लिटिल मिस प्लानेट’ र ‘लिटिल मिस ट्यालेन्ट उपाधी’ नेपाल भित्र्याउन सफल भएकी थिइन् । ‘चाइल्ड आइकन २०१७’की बिजेता समेत रहेकी बुढाथोकीले विस्वको मोडलिङमा आफ्नो स्थान बनाउने उदेश्यले प्रतियोगीतामा भाग लिन लागेको
बताइन् ।

राजधानीमै रहेको जोन डेवे स्कुल कक्षा पाँचमा अध्यायनरत १० बर्षिया बुढाथोकीलाई इप्लानेट नेपालले प्रतियोगीतामा पठाउन लागेको हो । ४१ देशका बाल सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा बुढाथोकीले डिजाइनर उत्तम बनेपालीले तयार पारेका बिभिन्न कल्चरल ड्रेस समेत प्रस्तुत गर्नेछिन् । कोरियोग्राफर रोजिन शाक्यको आकर्षक ग्रुमिङ क्लास सहित बिषेशता कार्यक्रम सहभागी हुन लागेको इप्लानेटका अध्यक्ष सन्तोस सापकोटाले जानकारी दिए ।

Loading...