भोजपुरमा दोहोरो भिडन्त, पूर्व सञ्चारमन्त्री शेरधन रार्इमाथि वम प्रहार, अंगरक्षक घाइते

भोजपुर, २८ कार्तिक । नेकपा (एमाले)का नेता तथा पुर्ब सञ्चारमन्त्री शेरधन राइलाई लक्षित गरी बम प्रहार भएको छ । भोजपुरमा एमालेबाट प्रदेशसभाका उम्मेद्वार रहेका राईलाई लक्षित गरी बम आक्रमण हुँदा अंगरक्षक घाइते भएका छन् ।

भोजपुर गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला गुम्बा नजिकै राइसहितका नेता कार्यकर्ता चढेको गाडीमा १४-१५ जनाको संख्यामा रहेको अज्ञात समुहले बम प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

सडकको घुम्ति क्रस गर्ने क्रममा राई चढेको बा १५ च ५६०८ नम्बरको ल्याण्ड रोजर गाडी बम आक्रमणबाट पूर्णरुपमा ध्वस्त भएको छ भने राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाको हातमा चोट लागेको छ ।

उम्मेद्वारसहितका अन्य नेताहरु सकुशल रहेको खबर प्राप्त भएको छ । यो समाचार तयार पार्दासम्म बम कसले प्रहार गरेको भन्ने खुल्न सकेको छैन ।

यस्तै मंगलबार (आजै) संखुवासभामा पनी माओवादी र एमालेका उम्मेदवारसहित सवार गाडी एम्बुस बिष्फाेटमा परेको छ । यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो ।

रुकुम र रोल्पामा बाम गठबन्धनका उम्मेदवार र नेताहरुमाथि बम आक्रमण भएको एक साता नबित्दै मंगल पुर्बी नेपालमा एकै दिन २ ठूला बिष्फाेट र बम प्रहार भएकाे थियाे । 

Loading...