चार डिअाइजीलार्इ मध्यरातमा किन गरियाे बढुवा ?

काठमाडौं, २८ कार्तिक । बढुवा समितिले मध्यरातमा नेपाल प्रहरीका चार डिआईजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । रातारात एआईजीका दरबन्दी थपेर चार जनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो ।

डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस गरिएको हो । उनीहरु सबै आईजिपी प्रकाश अर्यालका ब्याची हुन् । आगामी चैतमा अवकाश पाउदैछन् । तीन महिनाअघि नै सरकारले दुई वटा एआईजीको दरबन्दी सिर्जना गरेको थियो । तर, प्रतिस्पर्धी धेरै भएपछि फेरी दुईवटा दरबन्दी थपिएको हो । भागबण्डाका लागि मनलाग्नी रुपमा एआईजकिो दरबन्दी थपिएको हो ।

बढुवा उपर उजुरी दिन एक हप्ताको समय दिइएको छ । यो सँगै नेपाल प्रहरीमा अब एआईजीको संख्या १६ पुगेको छ । १५ जना प्रशासतर्फ तथा एकजना प्रहरी अस्पतालमा एआईजी हुने भएका छन् । बढुवा सिफारीस भएका एआईजीहरुलाई कहाँ राखिने तय भएको छैन ।

Loading...