कक्षा ११ को रजिष्ट्रेसन फारम भर्ने समय थप

भक्तपुर । रास्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेसन फारम भर्ने समय थपेको छ । फारम भर्ने समय सकिएको ३ साता पछि एक सूचना जारी गर्दै बोर्डले समय थप गरेको हो ।

सूचनामा मङ्सिर ४ गतेसम्म छुटेका फारमहरू बुझाउन अवसर दिइएको छ । बोर्डले बिद्यालयहरुलाई बिलम्ब जरिवाना एक हजार बुझाउन पनि भनेको छ । समयमै बैंक भौचर भरेका बिद्यार्थीहरुसंग अतिरिक्त शुल्क नलिने तर अहिले बैंक भौचर बुझाउनु पर्ने विद्यार्थीसंग दोब्बर दस्तुर लिएर फारम बुझ्ने बताइएको छ ।

असोज मसान्त सम्मको समय सकिएपछि दोब्बर दस्तुरमा कात्तिक ७ गतेसम्म फाराम भर्ने समय दिएको भएपनि बीचमा परेका बिदाका कारण बिद्यालयहरुले समयमै फारम भराउन सकेका थिएनन ।

एसइइ परीक्षामा स्तरोन्नती गरेका हजारौ बिद्यार्थीहरु कक्षा ११ मा भर्ना हुनबाट बन्चित बनेपछि समय थप गरेको परीक्षा नियन्त्रक डम्बर कुमार बतासले बताए ।

बिशेष गरि मौका परीक्षाबाट भर्ना हुने योग्यता बनाएका बिद्यार्थीहरु रजिष्ट्रेसन फारम भर्ने समय गुज्रदा भर्ना हुनबाट बन्चित बनेका थिए । आफ्नो बिद्यालयमा ढिला गरि ‘ग्रेड सीट’ प्राप्त हुदा रजिष्ट्रेसन फारम भर्ने समय छुटेको उनीहरुले आरोप लगाउदै आएका थिए ।

 

सरकारी ढिलासुस्ती र बिद्यालय बिदाका कारण हजारौ विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्न छुटाएको बिषयमा इभक्तपुरले गम्भीरतापूर्वक समाचार प्रकाशित गर्दै आएको थियो ।

Loading...