‘रत्नपार्क र टुँडिखेल आसपास तत्कालै नमूना धुलोमुक्त क्षेत्र’

महानगरपालिकाले कागज र प्लास्टिक मात्रै टिप्दैनः मेयर शाक्य

 २६ कात्तिक, काठमाडौं । 

काठमाडौं महानगरपालिकाले रत्नपार्क र टुँडिखेल आसपास नमूना धुलोमुक्त क्षेत्र बनाउने भएको छ । त्यसका लागि सरसफाइ र ममर्तसम्भारको काम सुरु भएको महानगरपालिकाले जनाएको छ ।

एकै चरणमा सबै क्षेत्रलाई धुलोमुक्त गराउन नसकिने भएकाले सर्वप्रथम काठमाडौंमा मुख्य भागलाई नै धुलोमुक्त बनाएर अभियान सुरु गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले बताए । क्रमशः अन्यक्षेत्रलाई पनि धुलोमुक्त बनाउँदै लैजाने महानगरपालिकाले बताएको छ ।

टुँडिखेल आसपासका सडक तथा पेटीलाई नमूना रुपमा सफा राख्न महानगरपालिकाको वातावरण विभाग महाशाखाले काम सुरु गरिसेकेको शाक्यले बताए ।

‘अब महानगरपालिकाले कागज र प्लास्टिक मात्रै टिप्दैन । सडकको धुलो पनि बढार्छ,’ मेयर शाक्यले भने,’टुँडिखेल आसपासको क्षेत्रलाई धुलोमुक्त बनाएर शहरलाई सफा राख्ने अभियान तीव्र रुपमा अघि बढ्छ ।’

महाननगरपालिकाको सडकसँगै पेटीहरु अस्तव्यस्त हुँदा धुलो बढेको शाक्यले बताए । उनले महानगरपालिकाले पेटी बनाएर त्यसको भुक्तानी फरफारक नगर्दै विद्युत् प्राधिकरणले पेटी भत्काएको गुनासो गरे ।

‘प्राधिकरणलाई तत्काल पत्राचार गराएर टुँडिखेल आसपाल उप्काइएका पेटीलाई पुनस्र्थापना गराउन लगाइनेछ,’ शाक्यले भने,’अब सुन्दर र हरियाली महानगर निर्माणमा काम सुरु भयो ।’

काठमाडौंको मुख्य क्षेत्रलाई धुलोमुक्त बनाउने अभियान अन्तर्गत अस्तब्यस्त बनेका ट्राफिक आइल्यान्डहरुको सजावटको काम सुरु गरिसकेको छ ।

काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्यता र हरियाली बढाउन भन्दै तत्काल २५ स्थानमा ट्राफिक आइल्यान्डहरु सजाउन सुरु गरिएको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले बताए ।

काठमाडौंभित्रका विभिन्न आइल्यान्डहरुमा दुबो, फुल र विरुवा रोप्ने काम भइरहेको छ । रत्नपर्क, जमल, सुन्धारा लगयत विभिन्न ठाउँमा रहेका ट्राफिक आइल्याण्डमा फोहोर थुप्रन थालेकाले त्यसलाई हटाएर व्यवस्थित आइल्यान्ड बनाउन लागिएको छ ।

नयाँ ट्राफिक लाइट सिस्टमको प्रयोगका लागि सवारीलाई आफ्नो बाटोमा ‘च्यानलाइज्ड’ गर्न र जथाभावी सवारी मोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ट्राफिक आइल्याण्डहरु एकवर्ष अघि नै निर्माण गरिएका थिए । तर, यो परियोजना असफल भएपछि आइल्याण्ड प्रयोगबिहीन बनेका थिए ।

खुला रुपमा माटो भरेर छाडिएका आइल्यान्डले सडकमा धुलो र हिलो ल्याउन थप भूमिका खेलिरहेका छन् । आइल्यान्ड सुधारका लागि भइरहेको कामको विहान मेयर शाक्यसहित उपमेयर हरिप्रभा खड्गीले स्थलगत अवलोकन गरे ।

महानगरका मेयर शाक्यले सडकको खाल्डाखुल्डी पुर्ने काम पनि तीव्र रुपमा भइरहेको बताए । उनले त्यसका लागि ५ वटा प्याकेजमा २५ करोड खर्च गर्न लागिएको जानकारी दिए ।

‘वडा-वडामा पनि सडकको खाल्डा पुर्न बजेट पठाइएको छ । वर्षामा हामीले खाल्डा पुरेनौं,’ शाक्यले भने, ‘अब टिकाउ पिच गर्न थालिएको छ ।’

शाक्यले अब ढल फुटेर सडकमा आउने समस्या हल गर्न पनि काम सुरु हुने बताए । अहिले महानगरभित्र विभिन्न स्थानमा ढल फुटेपनि मर्मतको काम नहुँदा समस्या बढेको छ ।

अब काठमाडौंभित्रका सबै सडकलाई चुस्त राख्ने गरी सडक विभागसाग सहकार्य गरिएको बताउँदै शाक्यले महानगरलाई सुन्दर बनाउन सबै क्षेत्रबाट समानान्तर ढंगले काम अघि बढाउने बताए ।

Loading...