रोल्पामा दोहोरो गोली हानाहान, वर्षमान पुनसहितका उम्मेदवारहरु चढेको गाडी एम्बुसमा

काठमाडाैं, २५ काठमाडाैं । माओवादीका केन्द्रिय नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ चढेको गाडी अज्ञात समुहले थापेको बिद्धुतिय धरापमा परेको छ ।

रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडी जमिनमुनि बिछ्याइएकाे बिद्धुतिय धराप बिस्फोटमा परेको हाे। गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको रोल्पाका उम्मदेवार वर्षमान पुनले जानकारी दिए ।

विस्फोटमा परेको गाडीमा क्षतिग्रस्त भएको छ, भने विस्फोटलगत्तै बाटो छेउमा लुकेर बसेको समूहसंग दोहोरो भिडन्त भएको छ । उक्त समुहले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेपछि दोहोरो भिडन्त भएको हो ।

उम्मेदवारको सुरक्षाको लागि स्कर्टिङमा रहेको टोली र बम बिस्फाेट गराउने समूहबीच दोहोरो गोली हानाहान भएपछि केहीबेर त्यहाको स्थिति तनाबग्रस्त भएको थियो ।
वर्षमान पुन चढेको गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती, एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपाति उम्मेदवार ईश्वर घर्ती पनि थिए ।

त्यस्तै माओवादी तर्फका समानुपातिक उम्मदेवार दीपेन्द्र पुन सिजल पनि गाडीमा थिए । गाडी बिद्धुतिय धराप विस्फोटमा परेलगत्तै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माओवादी नेता पुनलाई टेलिफोन गरेर घटनाको स्थितिबारे सोधेका थिए ।

शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर बम प्रहार भएकाे थियाे ।

Loading...