सोलुखुम्बुमा कांग्रेस र वामगठबन्धनबीच झडप, २ घाइते, दुबै पक्षका उम्मेदवार चौकीमा

सल्लेरी, २४ कार्तिक । साेलुखुम्बुकाे साेताङमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएकाे छ । झडपमा परी दुर्इ जना घाइते भएका छन् । घाइते हुनेहरुमा वामगठबन्धनका कार्यकर्ता घनश्याम बस्नेत र कांग्रेसकी पेमा लामा छन्।

चुनावी अभियानका क्रममा दुबै समूहका प्रचार टाेलीहरु एकै क्षेत्रमा परेका बेला याे झडप भएकाे हाे । नेकपा एमाले र माअाेवादी केन्द्रकाे टाेली र नेपाली कांग्रेसकाे टाेली अहिले साेताङ क्षेत्रमा प्रचार प्रसारमा जुटेकाे छ । प्रचारका क्रममा कांग्रेसकाे टाेलीले एमाले र माकेकाे टाेलीले टाँसेका पाेस्टरहरु भटाभट च्यातेपछि झडप भएकाे बताइएकाे छ ।

झडपपछि गठबन्धनका उम्मेदवार हेमकुमार राई (सुरवीर) र कांग्रेस उम्मेदवार बलबहादुर केसीलाई सोताङस्थित प्रहरी चौकीमा बोलाइएको छ । अाफूहरुले टाँसेका चुनावी पोष्टर पछिपछि रहेको कांग्रेस उम्मेदवार केसी सहितको टोलीले च्यातेकाे अाराेप एमाले र माकेका नेताहरुले लगाएका छन् । केसी र उनकाे टाेलीले यसरी पाेस्टर च्यातेपछि अाफ्नाे प्रचार टाेलीकाे सदस्यहरु त्यसबारे कुरा गर्न जाँदा गए राती झडप भएकाे माअाेवादी केन्द्र साेलुखुम्बुका एक नेताले बताए ।

साेलु प्रहरीले दुवै पक्षलार्इ छलफलका लागि चौकीमा बोलाइएको जनाएकाे छ ।

Loading...