बार्सिलोना छाडेर निवेल्स क्लबबाट फुटबल खेल्न चाहेको मेसीको खुलासा

एजेन्सी । बार्सिलाेनाबाट व्यवसायिक फुटबलमा जमिरहेका अर्जेन्टेनी स्ट्राइकर लिओनल मेस्सीले बार्सिलोनापछि अाफ्नाे पुरानाे क्लबमा फर्कन चाहेकाे बताएका छन् । उनले बार्सिलाेना छाडेपछि ‘निवेल्स ओल्ड ब्वाइज’ क्लबबाट खेल्ने सपना रहेकाे बताए ।

‘म अझै पनि नेवेल्र्सबाट खेल्न चाहान्छु र त्यो मेरो सपना पनि हो’ भावुक मेस्सीले भने, ‘तर कहिले फर्कन्छु त्यो तत्काल भन्न सक्ने स्थितीमा म छैन्।’

मेस्सी १३ वर्षको उमेरमा निवेल्स छाडेर नेउक्याम्प गएका थिए। नेवेल्स मेस्सीको होम टाउन रोसारिओको क्लब हो। जहाँबाट मेस्सीकाे फुटबल जीवनको सुरुवात भएको थियो।

मेस्सी ६ वर्षको हुँदा १९९४ मा नेवेल्र्सबाट फुटबल खेल्न सुरु गरेका थिए। यही क्लबबाट खेलिरहँदा बार्सिलोनाको विश्व प्रशिद्ध फुटबल एकेडेमी ला मसियाले मेस्सीसँग अनुबन्ध गरेको थियो।

पछि मेस्सीको फुटबल भविष्यको लागि उनको परिवार स्पेन सर्याे। तर, मेस्सी भने आफूले फुटबल खेल्न सुरु गरेको अर्जेन्टिनाको उक्त क्लबलाई सधै सम्झिरहन्छन्।

बार्सिलोनाका प्रमुख कार्यकारी अधिकृत ओस्कार ग्राउले गत जुलाईमा चार वर्षे सम्झौता नविकरण गर्दै मेस्सी लाइफ टाइम बार्सिलोनामै बस्न सहमत भएको बताएका थिए। तर उक्त सम्झौता भने बाहिर अाएको छैन्।

Loading...