४ बागी उम्मेदवारसहित १० नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही

काठमाडौ । माओवादी केन्द्रले बाम गठबन्धनलाई असर पार्नेगरी गरिएको उम्मेदवारी फिर्ता लिन नमानेका आफ्ना उम्मेदवार र तिनको टीलीलाई अनुशाशनको कारवाही गरेको छ ।

 

४ बागी उम्मेदवारसहित १० नेता पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका हुन् ।

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहिबार जारी गरेको विज्ञप्तिमा सल्यानका १० नेताहरु कारबाहीमा परेका हुन् ।

 

कारबाहीमा पर्ने उम्मेदवारमा उमाकान्त शर्मा, छक्कबहादुर लामा, भीमप्रकाश शर्मा र जितबहादुर पुन  र  उनीहरुका प्रस्तावक र समर्थकहरु समेत रहेका छन् ।

Loading...