वर्षमान पुनको आदेशमा नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरी गिरफ्तार

राेल्पा, २३ कार्तिक । संघ र प्रदेशकाे चुनावकाे पूर्व सन्ध्यामा सरकार नेपाल कम्युनिस्ट पार्टीप्रति दमनपूर्ण शैलीमा प्रस्तुत भएकाे छ । सरकारले नेकपाका राेल्पा जिल्ला इन्चार्ज र सेक्रेटरीसहित चार जनालार्इ गिरफ्तार गरेकाे हाे । पार्टी कामकाे शिलशिलामा गाउँमा रहेका उनीहरुलार्इ प्रहरीले गिरफ्तार गरेपछि नेकपाले त्यसप्रति कडा अापत्ती जनाएकाे छ ।

प्रहरीले नेकपाका राेल्पा जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’सहित चार जनालार्इ गिरफ्तार गरेकाे हाे । पक्राउ पर्ने अन्यमा जिल्ला कमिटि सदस्य रामसिंह घर्ती र श्यामबहादुर घर्ती रहेका छन ।

नेकपाले अाफ्ना राेल्पा जिल्ला इन्चार्ज र सेेक्रेटरीलार्इ माअाेवादी केन्द्रका नेता तथा राेल्पाबाट प्रतिनिधि सभाका उम्मेदवार वर्षमान पुनकाे ठाडाे अादेशमा पक्राउ गरिएकाे दावी गरेकाे छ । यदि वर्षमानले यसरी नै राज्यशक्तिकाे दुरुपयाेग गरे उनका लागि याे कुरा महङ्गाे पर्ने पनि नेकपाले जनाएकाे छ । नेकपाका राप्ती इन्चार्ज सुवासले इन्चार्ज जागृति र सेक्रेटरी प्रयासलार्इ तत्काल रिहा गर्न माग गरे । साथै माअाेवादी केन्द्रका उम्मेदवार पुनले यस्ताे हर्कत जारी राखेमा उनका बारेमा पार्टीले साेच्ने बताए ।

नेता सुवासले भने, “हामी कसैलाई हराउने र जिताउने भन्दापनि चुनाव खारेजीमा छौं । हाम्रा नेताहरुलाई गिरफ्ता गराउने नेताहरुका कार्यकर्ता पनि गाउँमै छन्, लखेट्नु नपरोस् ।”

गिरफ्तार गरिएका नेताहरुलाई जिल्ला प्रहरी कार्यालय लिवाङमा राखिएको बुझिएकाे छ ।

Loading...