निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध

काठमाडौ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा बालबालिका प्रयोग गर्न नहुने बताएका छन् । उनले निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध गरिएको बताएका हुन् ।

 

बालबालिकालाई आमसभा, जुलुस, प्रचारप्रसार लगायत कुनै पनि राजनीतिक गतिविधिमा सहभागी नगराउन तथा निर्वाचनको बेला विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गरिएको उनले जानकारी दिए ।

 

 

सकभर विद्यालयमा यस पटक मतगणना गर्ने आयोगको नीति नभएको तर जिल्ला सदरमुकामका विद्यालयमा मतगणना हुन सक्ने सम्भावना भने उनले बताए ।

शिक्षक तथा अभिभावकलाई निर्वाचनमा बालबालिकाको प्रयोग हुनुहुन्न भनी जिल्ला तहमा सचेतना ¥याली निकाल्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले शान्ति क्षेत्रको रूपमा रहेको विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन गर्नु हुँदैन भन्नेमा आयोग दृढ रहेको बताउदै सकभर मतगणनासमेत बिद्यालयमा नगर्ने प्रतिबद्दता जनाए ।

 

नागरिक अपिल लिएर पुगेका शिक्षाका लागि राष्ट्रिय अभियान, युनिसेफ, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, शिक्षा पत्रकार समूह, शिक्षा पत्रकार सञ्जालका प्रतिनिधिहरू आयोगसंग डा. यादवले प्रतिबद्धता जनाएका हुन् । विद्यालय परिसरभित्र प्रचारप्रसार, भित्ते लेखन, जुलुस, राजनीतिक छलफल, अन्तक्र्रिया, गोष्ठी र सभा नगर्न, पठन पाठनलाई असर गर्ने कार्यक्रम नबनाउन, बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउन तथा विद्यालयको पठन पाठनलाई नियमित तुल्याउन सहयोग पु¥याउन आग्रह गर्दै  उनीहरु आयोग पुगेका थिए ।

 

 

यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन लागि सञ्चार जगत्बाट बलियो सहयोग प्राप्त भइरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीसँगको कुराकानीमा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न आयोगले काममा तिब्रता दिएको र यसमा सञ्चार जगत्बाट बलियो सहयोग प्राप्त भइरहेको बताएका हुन् ।

 

 

उनले आमसञ्चार अनुगमनको जिम्मा यस पटक पनि प्रेस काउन्सिल नेपाललाई दिइएको जानकारी दिए ।

Loading...