विद्राेही उम्मेदवारका लागि माअाेवादी केन्द्रले छुट्टै कार्यालय खाेलेपछि वामगठबन्धनमा समस्या

सल्यान, २२ कार्तिक । माओवादी केन्द्र सल्यानले बागी उम्मेदवारी लागि छुट्टै चुनावी प्रचार तथा सम्पर्क कार्यालय खोलेको छ । बागी उम्मेदवारलार्इ कारवाही गर्नुकाे सट्टा छुट्टै कार्यालय खाेलेपछि गठबन्धनमा फेरि समस्या पैदा भएकाे छ । 

नेकपा एमाले र माओवादी केन्द्रका अाधिकारिक उम्मेदवारलाई चुनौती दिँदै बागी उम्मेदवारी दिएको माओवादी केन्द्र सल्यानले चुनावी कार्यालय खोल्नुको साथै चुनावी कमाण्डर तोकेको हो । मंगलबार संघ र दुबै प्रदेश उम्मेदवारको लागि सम्पर्क कार्यालय खोलेको हो ।

त्यसैगरी चुनावी कमाण्डर पनि तोकेको छ । पार्टीका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छाहारी’ सहितका जिम्मेवार नेताहरुले प्रचारप्रचार तथा परिचालनको जिम्मा लिएका छन् ।

जिल्लाभरीको प्रचार-प्रसारको नेतृत्व गरेका संयोजक छाहारीले प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार उमाकान्त शर्मालाई प्रचार तथा परिचालनको नेतृत्व लिएका छन् । प्रदेशको क टिकाराम ओली ‘दर्शन’ र ख मा ज्ञानबहादुर ओली ‘माइकल’ लाई चुनावी कमाण्डर बनाएको जिल्ला संयोजक बुढाथोकीले जानकारी दिए । त्यस्तै जितको लागि महत्वपूर्ण मानिकएको बागचौर नगरपालिकाको चुनावी कमाण्डर सेतीराम ओली ‘दिनेश’ लाई चुनावी कमाण्डर बनाइएको छ ।

प्रचारप्रसार कार्यालयको जिम्मा टंकप्रसाद शर्मा ‘सौगात’लाई दिइएको छ भने जिल्लामा कार्यरत केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारीसहित १५० जनाको निर्वाचन परिचालन समिति बनाइएको माओवादी केन्द्र सल्‍यानले जनाएको छ ।

Loading...