चीन र भारतबीच चिसियाे सम्बन्ध । सीमामा तनाव अझै बढ्दाे

भारत जाने अाफ्ना नागरिकलार्इ सचेत रहन चीनले जारी गर्याे ‘यात्रा अलर्ट’

दुर्इ देशकाे सीमा क्षेत्रबाट अाइरहेका दिनहुँका झडपका घटना बढ्दै गएपछि चीन र भारतकाे सम्बन्ध अझै चिसिएकाे छ । सिक्किमकाे नाथूला नाकादेखि चीन, भुटान र भारत तीन देशकाे सीमा रहेकाे डाेकलाङ क्षेत्रमा बढ्दाे तनावपछि चीनले भारत भ्रमण गर्ने अाफ्ना नागरिकलार्इ सचेत रहन यात्रा अलर्ट जारी गरेकाे छ । 

चिनियाँ विदेश मन्त्रालयले यसलार्इ यात्रा अलर्ट नै नभने पनि साेही रुपमा अाफ्ना नागरिकलार्इ सचेत रहन अाग्रह गरिसकेकाे छ । चीनले अाफ्ना नागरिकलार्इ अनावश्यक रुपमा भारत भ्रमण नगर्न पनि निर्देशन दिइसकेकाे छ । शुक्रवार नयाँदिल्लीमा रहेकाे चिनियाँ दूतावासले चिनियाँ नागरिकका लागि यस्तो एडभाइजरी जारी गरेको हो। एडभाइजरीमा भारत भ्रमणमा जाने चिनियाँ नागरिकलाई अाफ्नाे सुरक्षा बारे विशेष ध्यान दिन र आवश्यक पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ ।

चिनियाँ दुतावासले जारी गरेको एडभाइजरीमा भनिएको छ, ‘भारतमा रहेको चिनियाँ दुतावास भारत भ्रमणको योजना बनाइरहेका सम्पूर्ण नागरिकलाई वर्तमान सुरक्षा अवस्थाबारे ध्यान दिन, अनावश्क भ्रमण नर्गन, व्यक्तिगत सुरक्षामा सुधार गर्न, परिवारलाई खबर गर्न र सम्र्पकका सबै विकल्प खुला गर्न स्मरण गराउछँ’ ।

चीनले गत ५ जुलाईमा सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै भारत जाने चिनियाँ नागरिकका लागि यात्रा अलर्ट जारी गर्ने निर्णय गरिने जनाएको थियो । यो एडभाइजरी एक महिनासम्मका लागि भएको जनाइएको छ । दुवै देशबीच गत तीन सातादेखि त्रिदेशीय सीमा डोकलाङमा गतिरोध रहँदै आएको छ । त्यसैगरी भारतकाे सिक्किम नजिक रहेकाे सीमा क्षेत्रमा पनि दुर्इ देशका सैनिकहरु अामने सामने हातहालाहालकै स्थितिमा उत्रने गरेका छन् । नाथूला सीमा क्षेत्रमा भारतीय सैनिकहरु चीनकाे क्षेत्रमा प्रवेश गरेकाे भन्दै मानसराेवर जाने नाका नै बन्द गरिसकेकाे छ । 

 

Loading...