द्वन्द्वका बेला याैन हिंसाकाे शिकार भएकाहरुकाे अावाज उठाउन बन्याे राष्ट्रिय सञ्जाल

काठामाडाैं । द्वन्द्वका बेला यौन हिंसाका शिकार भएका महिलाहरुले आफ्ना अधिकारमा आवाज बुलन्द बनाउन द्धन्द प्रभावितहरुको राष्ट्रिय सञ्जाल सहज गठन गरेका छन् । चितवनको सौराहमा ६ दिनसम्म द्धन्द प्रभावित ११ जिल्लाका ८० प्रभावित महिलाहरुको भेलाले सो सञ्जाल गठन गरेका हुन् ।

उनिहरुले त्यो अवस्था र अहिलेका बेला आफुहरुले भोगिरहेको समस्या र अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउने र प्रभावितको न्यायमा पहुँच वृद्धि गर्ने उदेश्यका साथ आज राजधानीमा द्धन्द प्रभावित महिलाहरुको राष्ट्रिय भेला समेत गरेका छन् । भेलामा सहभागी प्रभावित महिलाहरुले आफुहरुको माग अहिलेसम्म सम्वोधन हुन नसकेको बरु उल्टै पीडाहरु चर्काउने काम भएको तितो अनुभव सुनाएका थिए ।

१५ बुदे घोषणापत्रमा द्धन्दपिडितको परिभाषामा यौन हिंसा र यातनालाई समेटिनुपर्ने, मृत्यु भएकाको प्रमाणित गरी सहज तरिकाले न्याय पाउने वातावरण सिर्जना गर्नुपर्ने, सहज कानुनी पहुँच बनाउनुपर्ने लगायतका माग गरेका छन् ।

त्यसैगरी पीडक र उनिहरुलाई संरक्षण गर्ने पक्षलाई समेत कानुनी कठघरमा ल्याई कानुनी कारवाही गर्न, एच आई भी संक्रमण, प्रजनन् स्वास्थ्य सम्बन्धि अन्य गम्भिर समस्याहरु देखिएकाले निशुल्क उपचार गर्नुपर्ने, रोजगारीको अवसर श्रृजना गर्नुपर्ने माग समेत १५ बुदे घोषणापत्रमा गरेका छन् । कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य डाक्टर मावधी भट्टले आयोगमा ६२ हजार घटना दर्ता भएकोमा ७ हजार अनुसन्धानको क्रममा रहेको जानकारी दिइन ।

Loading...