लेवनानी प्रधानमन्त्रीले विदेश भ्रमणमै रहेका बेला राजिनामा दिएर पठाएको खुलासा

रियाद । लेबनानका प्रधानमन्त्री सायद हरीरीले विदेश भ्रमणमा रहेकै बेला अाफ्नाे पदबाट राजिनामा दिएकाे खुलासा भएकाे छ । अाफूमाथि स्वेदशमा खतरा रहेकाे भन्दै प्रम हारिरीले साउदी अरबमा रहेकै बेला राजिनामा दिएका हुन् । यसैबीच राजिनामा दिएका हारिरीलार्इ साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुलाजिज अल साउदले आफ्नो देशमा स्वागत गरेका छन् । 

लेवनानी नेता हरीरीले साउदी अरबको भ्रमणमा रहेकै बेला शनिबार अनपेक्षित रूपमा राजीनामा दिएका थिए । आफ्नो जीवन खतरामा रहेको र देशमा राजनीतिक संकट उत्पन्न भइरहेकाले आफूले राजीनामा दिएको उनले बताएका छन् ।

कतिपय विश्लेषकहरूले अमेरिकी र साउदी सेनाले लेवनानमा हेजबुल्लाहविरुद्ध कारबाही शुरु गर्न लागेकाले राजीनामा दिएको बताएका छन् । दुई पटक लेवनानको प्रधानमन्त्रीमा निर्वाचित हरीरीले राजीनामा दिएपछि लेवनानमा राजनीतिक संकट गहिरिएको छ ।

हरीरीका पिता रफिकको प्रधानमन्त्री नै रहेको समयमा सन् २००५ मा हत्या गरिएको थियो । रफिकको हत्यामा इरान तथा लेवनानीे सिया समूह हेजबुल्लाहको संलग्नता रहेको बताइदै आएको छ ।

Loading...