हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुरको मृत्यु

 भ्रष्टाचारको आरोपमा पूर्व राजकुमारहरु र उच्च पदस्थ कर्मचारीहरुलाई हिजव पक्राउ गरेर अनुसन्धान शुरु गरेको साउदी अरबमा  हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुरको मृत्यु भएको छ ।

 

यमनको सीमा असीर क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । केही उच्च  अधिकारीहरुसहित हेलिकोप्टर यात्रामा निस्किएका मंसुरको टोलीका सबैको मृत्यु भएको संचार माध्यमहरुले जनाएका छन् ।

 

उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।

 

 

Loading...