कहाँ कति मतदाता

काठमाडौँ । निर्वाचन आयोगले १ करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६ सय २७ पुरुष मतदाता छन् भने महिलाको सङ्ख्या ७६ लाख ५१ हजार १ सय ४१ छ । तेस्रोलिङ्गी मतदाताको संख्या १ सय ६७ देखिएको छ ।

जसअनुसार मोरङमा  सबैभन्दा धेरै र मनाङमा सबैभन्दा थोरै मतदाता देखिएका छन् ।

आयोगको विवरणअनुसार मोरङमा ६ लाख ४४ हजार ७८३ मतदाता छन् भने  मनाङमा ५ हजार ८ सय ८१ मतदाता मात्र रहेका छन् । मनाङमा १ निर्वाचन क्षेत्र छ , मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएर पनि काठमाडौँमा मोरङ भन्दा कम मतदाता छन् । १० निर्वाचन क्षेत्र रहेको  काठमाडौँमा ६ लाख ३ हजार ४ सय ७२ मतदाता रहेका छन् ।

२ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १ लाख ७८ हजार ९९ मतदाता छन् । नेपालको सबैभन्दा सानो जिल्ला भएपनि यहाँ मतदाताको अनुपात उच्च देखिएको छ ।

३ निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई लाख २८ हजार ३३९ मतदाता छन् भने २ निर्वाचन क्षेत्र रहेको धादिङमा २ लाख ३३ हजार ५०५ मतदाता देखिएका छन् ।

५ निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता छन् । झापामा ४ लाख ५ हजार २ सय ३६ मतदाता छन् ।

 

प्रदेश नम्बर २ का ८ बटै जिल्लामा चार÷चारवटा निर्वाचन क्षेत्र छन् ।  जहाँ धनुषामा सबैभन्दा बढी मतदाता छन् भने पर्सामा सबैभन्दा कम छन् ।  धनुषामा ४ लाख ४ हजार ६ सय ७४ मतदाता छन् । सबैभन्दा कम मतदाता रहेको पर्सामा २ लाख ८९ हजार ५४ छन् ।

 

प्रदेश ७ का तीन जिल्ला बाजुरा, डडेलधुरा र दार्चुलामा मतदाता १ लाखभन्दा कम छन् ।  बाजुरामा ६९ हजार ८३४, डडेलधुरामा एक हजार ३७५ र दार्चुलामा सात हजार ५१३ मतदाता छन् ।

 

त्यसैगरी हुम्ला, जुम्ला, मुगु, जाजरकोट, कालीकोट लगायतका जिल्लामा पनि मतदाता १ लाखभन्दा कम छन् ।  सबै जिल्लामा एक÷एक निर्वाचन क्षेत्र छन् ।

 

प्रदेशअनुसार सबैभन्दा बढी मतदाता प्रदेश नम्बर ३ मा छन् ।  प्रदेश ३ मा ३० लाख ७४ हजार ३सय ८४ मतदाता छन् र सबैभन्दा कम मतदाता प्रदेश ६ मा छन् ।  प्रदेश ६ मा ८ लाख ४६ हजार ९सय४१ मतदाता छन् ।  प्रदेश १ मा २९ लाख ९३ हजार ७७४ मतदाता छन् ।  प्रदेश २ मा २७ लाख ६७ हजार ३७५ मतदाता छन् ।  प्रदेश २ मा प्रतिनिधिसभामा ३२ निर्वाचन क्षेत्र छन् ।

निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार प्रदेश ४ मा १५ लाख ६८ हजार ९२४ मतदाता छन् ।

प्रदेश ५ मा २७ लाख ४० हजार ८६४ मतदाता छन् ।  प्रदेश ७ मा १४ लाख ३५ हजार ६७३ मतदाता छन् ।

Loading...