एकाएक घरकाे छतमा जहाजकाे ढाेका खसेपछि भागाभाग

एजेन्सी । भारतको दक्षिणी सहर हैदरावादको एउटा परिवारले आफ्नो घरको छतमा हवाईजहाजको ढोका खस्दा एउटा नराम्रो झट्का महसुस गर्यो । तब साे घर र त्यस वरपर रहेका मानिसहरुकाे भागाभाग भएकाे बताइएकाे छ । 

घरकाे छतमा रंगरोगनको काम गरिरहेका मानिस भने भाग्यमानी रहेछन् कि उनी उक्त घटना हुँदा खाजा खान गएका थिए ।

एकजना प्रहरी अधिकारीले एउटा जहाज प्रशिक्षणका क्रममा कम उचाइमा उडिरहेको बेला उक्त घटना भएको पछि सञ्चारमाध्यामलार्इ जानकारी दिएका थिए । ४ सिट क्षमताको उक्त जहाजका पाइलट र उनका प्रशिक्षार्थी सुरक्षित रहेकाे बताइएकाे छ । यस घटनालार्इ निकै अनाैठाे मानिएकाे छ । भारतमा यस घटनाकाे गम्भीर अध्ययन तथा छानविन हुँदैछ । 

प्रहरी इन्सपेक्टर करनकुमार सिंहले त्यस इलाकामा कम उचाइमा प्रशिक्षण उडान भइरहने गरेको बताए । त्यही क्षेत्रमा गत सेप्टेम्बर महिनामा त्यस्तै खालको एउटा विमान सामान्य क्षतिका साथ अवतरण गराइँदा एकजना पाइलट र उनका प्रशिक्षार्थी सामान्य घाइते भएका थिए ।

Loading...