बाजुरामा सेनाले विद्यार्थीलाई सैनिक तालीम दिँदै हिड्न थालेपछि

बाजुरा, २४ असार । बाजुरामा नेपाली सेनाले विद्यार्थीलार्इ सैनिक तालिम दिन थालेकाे छ । जिल्लाभरका ७२ जना विद्यार्थीलाई जम्मा गरेर सेनाले एक सय दिनको स्वयमसेवक तालीम दिन थालेपछि यसबारे जिल्लामा व्यापक चर्चा परिचर्चा सुरु भएकाे छ ।

समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्रछात्रालाई स्वयम्सेवक तालीम शुरु गरेको समरजित गुल्मका सेनानी दिवाकर रायमाझीले बताए ।

नेतृत्व विकास, राष्ट्रियता, टा«फिक सचेतना, चेलिबेटी बेचबिखन नियन्त्रण, महिला ताथ बालअधिकार र संरक्षणका बारेमा तालीम दिने सेनाले जनाएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीलाई ७९ दिन संस्थागत तालीम र २१ वार्षिक सामूहिक क्याम्प गरी एक सय दिन तालीम दिने बताइएको छ ।

शारीरिक तालीम, ड्रिल, सैनिक कला, हाइकिङ, एरोविक्स, हतियार तालीम तथा फायरिङ साहसिक तालीम दिइने भएको छ । त्यस्तै व्यक्तित्व विकास र सांस्कृतिक आदानप्रदान समेत ७९ दिनसम्म दिने भएको छ ।

राष्ट्रिय सेवा दलले युवा जनशक्तिको महत्व र आवश्यकतालाई मनन गर्न र युवा वर्गलाई सङ्गठित गर्न साथै राष्ट्र विकासको अभियानमा युवा वर्गको सहभागिता गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको सेनानी रायमाझीले जानकारी दिए ।

Loading...