आफूमाथि खतरा आइलागेको भन्दै प्रधानमन्त्रीले दिए राजिनामा

एजेन्सी । आफूमाथि खतरा आइलागेको भन्दै एक लेबनानी प्रधानमन्त्रीले राजिनामा दिएका छन् । लेवनानका प्रधानमन्त्री सायद हरीरीले मुलुकमा इरानको ‘हस्तक्षेप’ र आफ्नो जीवनमा नै खतरा रहेको कारण देखाउँदै राजिनामा दिएको घोषणा गरेका हुन् । आफ्ना पिताको पनि प्रधानमन्त्री रहेकै बेला हत्या भएको स्मरण गर्दै प्रधानमन्त्री हरीरीले त्यस्तै खतरा आफूमाथि आउने संकेत गरेका छन् ।

उनले आफ्नो राजिनामा भनेका छन्, “म इरानी प्रधानमन्त्रीको पदबाट राजिनामा दिएको छु ।” उनको सम्वोधन साउदी अरबको अल अरेबीया समाचार सञ्जालमा प्रसारण गरिएको थियो ।

सो सम्वोधनमा उनले भनेका छन्, “मेरो जीवनमा खतरा निम्ताउने षड्यन्त्र भएको महसुस भएपछि मैले राजिनामा दिएको छु ।”

हरीरी लेवनानमा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । हरीरीका पिता रफिकको पनि प्रधानमन्त्री नै रहेको समयमा सन् २००५ मा हत्या गरिएको थियो । रफिकको हत्यामा इरान तथा लेवनानीे सिया समूह हेजबुल्लाहको सम्लग्नता रहेको बताइदै आएको छ ।

Loading...