पत्रकार महासंघमा एनअारएनए पदाधिकारी

नेपाल पत्रकार महासंघ र गैरआवासीय नेपाली संघ (एनअारएनए)का नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीबीच भेटघाट भएकाेछ । नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यालयमा साे भेटघाट भएकाे हाे ।

एनअारएनएका पदाधिकारीहरुलाई स्वागत तथा शुभकामना दिन महासंघले साे कार्यक्रम अायाेजना गरेकाे हाे । 

सञ्चारग्रामस्थित महासंघकाे सभाहलमा भएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार महासंघसंग सहकार्य गरेर अघि बढ्ने बताए । उनले महासंघमा ई–लाइब्रेरी स्थापना गर्ने लगायतका अन्य काममा सहकार्य गर्नेबारे कुरा भइरहेकाे जानकारी पनि दिए । महासंघ र एनअारएनएबीच यसअघि नै अामसञ्चार प्रतिष्ठान र मिडिया लाइब्रेरी स्थापनाका लागि सहकार्य गर्नेबारे सहमति भएकाे थियाे ।

साथै अध्यक्ष भट्टले गैरआवासीय नेपाली संघलाई लगानी मैत्री वातावरण निर्माण गर्न सबैलाई आह्नवान गरे ।

महासंघका महासचिव रमेश विष्टले नेपाल पत्रकार महासंघ गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । विष्टले गैरआवासीय नेपाली संघप्रति नेपाली जनताले ठूलो अपेक्षा राखेको बताउँदै त्याे अपेक्षा वर्तमान कार्यसमितिले पूरा गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा महासंघ र एनअारएएका पदाधिकारीकाे उपस्थिति थियाे ।

Loading...