प्रदूषण कम गराउने उपाय नअपनाएपछि तिआनजिनका ९ हजार कम्पनी बन्द

एजेन्सी । चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यस वर्ष अत्यधिक प्रदूषण गराउने नौ हजार ८१ कम्पनी बन्द गरिदिएको छ ।

कूल १९ हजार कम्पनीमध्ये वातावरण संरक्षण नीति उलङ्घन गरेको आरोपमा उनीहरुलाई बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ ।

सन् २०१७ मा गरिएको परीक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर्माण कार्य पनि गलत भएको विभागले बताएको छ ।

अन्य कम्पनीहरुले वातावरण संरक्षणसम्बन्धी मापदण्ड पूरा नगर्दासम्म अहिले बन्द भएका कम्पनी खोल्ने सम्भावना पनि नभएको विभागका प्रमुख वेन वुरुइले जानकारी दिए । धेरै वायु प्रदूषण गरेका कम्पनीलाई शुक्रबार सुन्तला रङ्गको संकेत लगाइएको छ ।

प्रदूषणसम्बन्धी चेतावनी दिन चीनमा चार प्रकारका रङ्गको प्रयोग गर्ने गरिन्छ । तीमध्ये रातोले अत्यधिक धेरै, त्यसपछि सुन्तला, पहेलो र निलोले क्रमशः कम प्रदूषणको संकेत गर्दछन् ।

Loading...