मेसी विरुद्ध लेख्ने पत्रकारलार्इ अदालतले तिरायाे कराेड डलर

एजेन्सी । अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले एक अखबार विरुद्ध दायर गरेको मानहानीको मुद्दा जितेका छन्। अर्जेन्टिनाको अखबार ला राजोन विरुद्वको मेस्सीले २०१४ मा दायर गरेको मानहानीको मुद्दा जितेका हुन्।

सन् २०१४ को विश्वकप उक्त पत्रिकाले मेस्सीमाथि प्रतिबन्धात्मक शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लगाएपछि मेस्सीले त्यसविरुद्व मानहानीको मुद्या दायर गरेका थिए।

पत्रकार अल्फानो युसेनले ब्राजिलमा भएको विश्वकपमा मेस्सीले ‘नान्ड्रोलोन’ नामक प्रतिबन्धात्मक शक्तिबर्धक औषधी प्रयोग गरेको अखबारमा लेखेका थिए। उक्त विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो।

मेस्सीले मुद्दा जितेर पाएको झण्डै ८७ लाख ८० हजार रुपैया ‘डक्टर्स विथआउट बोडर्स’ नामक सामाजिक संस्थालाई सहयोग गरेका छन्। स्पेनी सर्वोच्चो अदालतले विगत १७ महिना देखि चलिरहेको उक्त मुद्यामा मेस्सीलाई अनावश्यक आरोप लगाउँदै सामाजिक जीवनमा आँच पुर्याउन खोजिएको बताएको छ।

Loading...