विदेशी नागरिकसहित भक्तपुरमा चारकाे मृत्यु

काठमाडाैं, १६ कार्तिक । नगरकाेटकाे एक हाेटलमा एक विदेशी नागरिक मृत फेला परेका छन् । नगरकाेटकाे हाे६ल हिमालयन भिल्लामा बंगलादेशी नागरिककाे मृत्यु भएकाे हाे ।

महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेमा ३४ वर्षीय बंगलादेशी नागरिक हसन फेराेदाेस रहेका छन् । हाेटल हिमालयन भिल्लामा बसेका उनी एकाएक बेहाेस भएका र उपचारकाे लागि अस्पताल लगेपछि डक्टरले मृृत घाेषणा गरेकाे बताइएकाे छ । उनलार्इ बेहाेस हुनेबित्तिकै डा. र्इवामुरा अस्पताल लगिएकाे बताइएकाे छ ।

यससँगै भक्तपुरमा दुई दिनमा एक विदेशी नागरिकसहित चार जनाकाे मृत्यु भएकाे छ । महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईले नगरकाेटमा बंगलादेशी नागरिककाे मृत्यु भएकाे र सूर्यविनायक नगरपालिका ८ जगातीमा धादिङ बैरेनी ९ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय शम्भु खत्रीकाे मृत्यु भएकाे जानकारी दिए । उन लाई महानगरीय प्रहरी वृत्त जगातीको मोवाइल टोलीले बेहाेस भएकाे अवस्थामा फेला पारेकाे थियाे । बेहाेस अवस्थामा फेला परेका उनलार्इ प्रहरीले भक्तपुर अस्पताल लगेको थियाे । उक्त अस्पतालमै चिकित्सकले उनकाे मृत्यु भइसकेकाे घाेषणा गरेका हुन् ।

त्यस्तै सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने ३२ वर्षीया सरिता सार्की बेलुका खाना खाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेकी थिइन् । अाेखलढुंगा घर भएकी सरिता केही समयदेखि बालकाेटमा भाडामा बस्दै अाएकी थिइने ।

त्यस्तै सूर्यविनायकमा उदयपुर त्रियुगा नगरपालिका १६ का ३० वर्षीय नवराज राई मृत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका ९ भातेढिकुरस्थित होटल भ्यूमा लेवर काम गर्ने उनी त्यही होटलको छाप्रोमा बस्दै अाएका थिए । महानगरिय प्रहरी परिसर भक्तपुरले चारवटै घटनाकाे अध्ययन गरिरहेकाे जनाएकाे छ ।

Loading...