तपाईंका छाेराछाेरी कतै यस्ता कुलतमा त छैनन्

किसोर अवस्थामा केटाकेटीहरु बिपरित लिङ्गीप्रति आकर्षित् हुनु र संगै रहन रुचाउनु अस्वाभाविक नभए पनि नसा र याैनको मामलामा फस्नु भने राम्रो होईन । तर, आधुनिकताको नाममा हिजोआज धेरै केटाकेटीहरु यस्तो कुलतको शिकार भैराखेका छन् ।

शनिवार राजधानीको बसपार्क क्षेत्रमा यस्तै दृष्य देखियो । स्कूले उमेरका ठूलो संख्यामा रहेका किसोरकिसोरीहरु आपत्तिजनक अवस्थामा प्रहरीको फन्दामा परे ।

शनिबार दिउँसो बालाजुमा रहेको हिमालय डान्सबारमा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले छापा मार्दा मादक पदार्थ तथा नशालु पदार्थसमेत सेवन गरेर होहल्ला गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिईएको हो।

वृत्तले जानकारी दिए अनुसार नशाको तालमा हल्लाखल्ला मच्चाईरहेको स्थितिमा १ सय ९८ जना किशोरकिशोरी एकैपटक पक्राउ परे जसमा ४० किशोरी र १ सय ५८ किशोर रहेका छन् ।

प्रहरी वृतले बताए अनुसार धेरै जना कक्षा ८ देखि १२ पढ्ने बिद्यार्थी रहेका छन्। शनिवारको बिदामा रमाइलो गर्ने निहुमा मादक पदार्थ र नसामा झुमिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले परिवारका सदस्य बोलाएर सम्झाई बुझाई जिम्मा लगाउने भनेपछि धेरैजना भावुक बनेको बताइएको छ । बिभिन्न बहाना बनाएर परिवारलाई झुक्याएर नसामा झुमेका किसोरकिसोरीहरुले परिवार नबोलाउन भनेपनि प्रहरीले मानेन । आफ्ना केटाकेटीहरु के गर्दैछन भन्ने जानकारी प्रहरीले गराएरै छाड्यो ।

सम्भावित अप्रिय भविष्य रोक्न प्रहरीले राम्रो पहल गरेको मान्नुपर्छ । आफ्ना छोराछोरीको पहिलो प्रहरी बाबुआमा र अभिभावक नै हुन् । उनीहरुको निगरानी पुगेनभने बेला बितेपछि पछुताउनुको बिकल्प रहदैन । सचेत बनौ; आधुनिकतासंगै सभ्यता सिकाअाैं ।

Loading...