हात्ती लखेट्न गएका युवक उल्टै हातीबाट यसरी किचिए

झापा, १५ कार्तिक । हात्ती लखेट्न गएका एक युवकलार्इ हात्तीले उल्टै किचेपछि मृत्यु भएकाे छ । झापाकाे भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक युवकलार्इ हातीले किचेकाे हाे ।

भद्रपुर नगरपालिका–९ का ३५ वर्षीय दुर्गाबहादुर कटुवाललार्इ यसरी हातीले किचेकाे हाे । मंगलबार साँझ चाराली जंगलबाट उक्त क्षेत्रमा जंगली हात्ती गाउँतिर अाएका थिए । तिनै हात्तीलार्इ लखेट्नका लागि दुर्गासहितका गाउँलेहरु गएका थिए । साेही क्रममा उनलार्इ हात्तीले आक्रमण गरेको हाे ।

दुर्गालार्इ हात्तीले कुल्चिएर गम्भीर घाइते बनाएकाे थियाे । गम्भीर घाइते अवस्थामै उनलार्इ मेची अञ्चल अस्पताल भद्रपुरमा पुर्याइएकाे थियाे । उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा जंगली हात्तीबाट धनजन र मानवीय क्षति निरन्तर हुँदै अाएकाे छ ।

Loading...