बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्धमाथिकाे अाक्रमण : विप्लव

काठमाडौं, १४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्ध र समग्र परिवर्तनकारी अान्दाेलनमाथिकाे प्रहार भएकाे बताएका छन् ।

अाज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले ढुंगेललाई तत्काल मुक्त गरि मुद्दा फिर्ता लिन चेतावनी पनि दिएका छन् ।

मंगलबार प्रहरीले ढुंगेललाई ललितपुरकाे सातदोबाटोबाट पक्राउ गरी जेल लगेको छ । विज्ञप्तिमा विप्लवले यसरी सरकारले ददमनकारी रवैैया जारी राखे राज्यले कडा मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका छन् ।

यस घटनालाई संसदवादीहरुको षड्यन्त्र भन्दै उनले कसैलाई कथित दोषि बनाएर जेल हाल्ने कार्य अराजनैतिक, अनैतिक र घृर्णास्पद भएको बताएका छन् ।

यस्ताे छ विज्ञप्ती

 

Loading...