बाघदरवार भत्काइने होइन, हरिभवनको ठाउँमा नयाँ भबन बन्ने हो : विद्यासुन्दर शाक्य

महानगरकाे कार्यालय एेतिहासिक बाघदरवार नभई १९९० पछि बनेको हरिभवन भएको दावी

काठमाडाैं, १४ कार्तिक । काठमाडौँ महानगरपालिकाले बाघदरवारमा अवस्थित आफ्नो कार्यालयको नयाँ भवन डिजाइन सार्वजनिक गरेको छ । 

महानगरले बैशाख १२ को महाभूकम्पबाट क्षतिग्रस्त सो भवन सामान्य मर्मत गरी कार्यालय संचालन गर्दै आएकाे थियाे । महानगरको प्राविधिक टोलीले भवनलार्इ मर्मत गरी पुनः संचालनमा ल्याउन नसकिने बताएपछि महानगरले नयाँ भवन निर्माणकाे प्रक्रियामा अगाडि बढेकाे थियाे । महानगरकाे प्राविधिक टाेलीले अहिले भएकाे कार्यालयका ठाउँमा मल्लकालीन वास्तुयुक्त अत्याधुनिक भवन बनाउन डिजाइन तयार पारेकाे छ ।

नयाँ बन्ने भवनकाे बाहिरी मोहडामा तीनवटा मौलिकता झल्किने बताइएकाे छ । जसमा मल्लकालीन परम्परागत ४ वटा चोक, सम्पूर्ण प्यासेज लवी कोठाहरु हुनेछन् । त्यस्तै सुर्यकाे उज्यालो छिर्नुका साथै अपाङ्ग मैत्री हुनेछ । नयाँ डिजाइन सेवाग्राहीहरुलार्इ सहज हुने गरी गरिएकाे बताइएकाे छ । साे भवनकाे नयाँ डिजाइन र स्वरुपका बारेमा मंगलबार पत्रकार सम्मेलन अायाेजना गरी महानगरपालिकाका मेयर बिध्यासुन्दर शाक्यले जानकारी गराएका हुन् । 

यसअघि महानगरले अाफ्नाे कार्यालयभवन भत्काएर नयाँ बनाउने भनेपछि पुरातत्व विभागले त्यसमा असहमति जनाएकाे थियाे । विभागले एेतिहासिक बाघ दरवारलार्इ भत्काए कारवाही गर्ने चेतावनी पनि दिएकाे थियाे । तर, महानगरले भने अहिले आफ्नो कार्यालय रहेको भवन एेतिहासिक बाघदरवार नभएर बाघदरवार परिषद भित्र रहेको हरिभवन भएको दावी गरेकाे छ । उक्त भवन पुरातात्विक परिभाषा भित्र नपर्ने दावी गर्दै आफ्नो भवन बनाउने दायित्व महानगरपालिकामै निहित रहेको महानगरले जनाएकाे छ ।

अहिले कार्यालय रहेकाे भवनमा प्रयोग भएका इट्टामा १९९१ लेखिएको छ । त्यसैले याे भवन १९९० सालको भुकम्पपछिको रहेको पुष्टि हुने महानगरकाे दावी छ । साथै याे भवन हरिभवन नै हाे भन्ने केही पुराना तस्विरहरु समेत छन् । जसले महानगरकाे भवनका बारेमा प्रष्ट पार्दछन । मेयर शाक्यले नयाँ बन्ने भवनका बारेमा पुरातत्व बिभागसँग कुनै कुरा नबाझिएको दावी गरेका छन् । उनले विभागसँग निरन्तर सहकार्य भइरहेको कुरा पनि प्रष्ट पारेका छन् । 

यहाँ काठमाडाैं महानगरपालिकाकाे हाल कार्यालय रहेकाे परिसरमा पहिला के थियाे भन्ने केही तस्विरहरु छन् । जसमा बाघदरवार र अन्य भवनहरुकाे स्पष्ट चित्र देखाइएकाे छ । 

१९९० सालभन्दा अगाडिको धरहराबाट लिइएको फोटो । याे फाेटाेमा भीमसेन थापाले बनाएकाे वास्तविक बाघदरवार रातो घेरा भन्दा बाहिर छ । हालको महानगरपालिका भवन त्यो समय खालि देखिएको छ रातो घेरा भित्र ।

१९९० पछिको यो फोटोमा वास्तविक बाघदरवार । याे दरवार भिमसेन थापाले आफु बस्नका लागि बनाएका थिए । भीमसेन थापाको पतनपछि यही भवनमा आगलागी भएका कारण जिर्ण बनेकाे थियाे । उक्त अागलागीबाट बाघदरवार र त्यससँगै रहेको दोश्रो धरहराको भग्नावशेष पुरै नासिएको थियो । रातो घेरामा बाघदरवार नरहेको खाली जमिन हाे । निलो घेरामा हालको महानगरपालिका रहेको भवन ।

Loading...