नवप्रवेशी गिरोनाद्वारा रियल मड्रिड पराजित, राेनाल्डाे र जिदान स्तब्ध

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड एउटा नवप्रवेशी टिमबाटै पराजित भएकाे छ । ला लिगामा पहिलाेपल्ट सहभागी भएकाे टिम गिराेनासँग ला लिगाकाे विजेताकाे रुपमा दावेदार टिम रियल म्याड्रिडकाे याे पराजयलार्इ अप्रत्यासित मानिएकाे छ ।

गिरोनाले रियल मड्रिडलाई दुई–एक गोलले पराजित गरेको हो । खेलमा गिरोनाका लागि क्रिस्टियन स्तुअनि र क्रिस्टियन पार्तोलले एक एक गोल गरे । रियलका लागि एक मात्रै गोल इस्कोले गरे ।

एक गोलको शुरुवाती अग्रता लिएको भएपनि त्यसलाई टिकाउन नसक्दा रियल कमजोर मानिएको टिमसँग पराजित भयो । हारसँगै रियलले शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको भ्यालेन्सियासंग अंक दूरी कम गर्ने मौका गुमाएको छ । लालिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको १० खेलबाट २८ अंक छ ।

भ्यालेन्सिया १० खेलबाट २४ अंकसहित दोस्रो र १० खेलवाट २० अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छन् । जारी सिजन गिरोनाको १० खेलमा यो तेस्रो जित हो । १२ अंक जोडेको गिरोना भने लिगको ११औँ स्थानमा उक्लेको छ ।

Loading...