वातावरण र कला सम्बन्धी अन्तरराष्ट्रिय कला कार्यशाला हुँदै

काठमाडौंँ, १४ कात्तिक । वातावरण र कलालाई एकै साथमा राखेर यही कात्तिक १५ गते अन्तरराष्ट्रिय कला कार्यशाला हुने भएको छ ।

सुदूर पश्चिमको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा हुने कार्यशालामा सहभागी हुन नेपाली १५ र विदेशी दुई जनाको टोली आज प्रस्थान ग¥यो । मानवीय समवेदना हराउँदै गएको र वन्यजन्तु, पर्यावरण र मानव वन्यजन्तुबीचको सहअस्तित्वलाई जोगाउने र बढाउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको आयोजक संस्था आरएफडब्ल्युभीका प्रमुख पर्यावरणविद् प्रभु बुढाथोकीले बताए ।

आर्ट फर नेचर(प्रकृतिका लागि) नाम दिइएको सो कार्यक्रम चौथो पटक आयोजना गरिएको हो । यसअघि मानव र प्रकृतिबीचको सम्बन्ध जोडेर सन् २००७ देखि नै कार्यक्रम गरिँदैआएको जानकारी कार्यशालाका संयोजक सुदर्शनविक्रम राणाले जानकारी दिए ।

पर्यावरणसँग जोडिएका विभिन्न संघसंस्थाको समेत सहयोग रहेको कार्यशालामा कलाकारले कम्तीमा दुई दुई चित्र बनाउनेछन् । आगामी मङ्सिर।पुसमा राजधानीमा यसको प्रदर्शनी गरिने बताइएको छ ।

Loading...