मेसीलार्इ पाउलिन्होले साथ दिएपछि लालिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै

एथ्लेटिकोमाथि बार्सिलोनाको २–० को जित

एजेन्सी । लिओनल मेस्सीलाई पाउलिन्होले साथ दिदा बार्सिलोनाले लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिकोलाई २–० ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले लालिगामा अपराजित यात्रा कायमै राखेको छ।

पहिलो हाफमा मेस्सीको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि दोस्रो हाफको थपिएको समयमा पाउलिन्होले अग्रता दोब्बर गरेका थिए।

प्रतिस्पर्धात्मक खेलको ३६ औं मिनेटमा मेस्सीले पाहुना टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। जुन यो सिजनमा मेस्सीको १२ औं गोल हो।

दोस्रो हाफमा भने कडा प्रतिस्पर्धा दिएको बिल्बाओका घरेलु दर्शकलाई पाउलिन्होले निराश पारे। थपिएको समयमा गोल गर्दै पाउलिन्हाले बार्सिलोनाको २–० को जित सुनिश्चित गरे।

जितसँगै बार्सिलोना १० खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा छ। लिगाको दोस्रो स्थानमा रहेको भेलेन्सियाको समान खेलबाट २४ अंक छ भने ९ खेलबाट २० अंक बटुलेको रियल मड्रिड तेस्रो स्थानमा छ।

Loading...