बौद्ध धर्मालम्वीको पवित्र कठिन चीवरदान महोत्सव सम्पन्न

काठमाडाैं, ११ कार्तिक । बुद्धकालीन समयेदेखि चलिआएको बौद्ध भिक्षुहरुलाई गरिने कठिन चीवरदान (बौद्ध भिक्षुहरुको पहिरन तथा वस्त्र ) अनुसार शनिवार पवित्र कठिन चीवरदान महत्सव गरिएको छ ।

थेरवाद बुद्धशासन इतिहासमा कठिन चीवरदानकाे विशेष महत्व रहेको पाइन्छ । भगवान बुद्धको उपदेश अनुसार उपसम्पदा भएका भिक्षुहरुले अनिवार्य रुपमा सुलभ स्थानमा वर्षावास बस्नपर्ने परम्परा लामाे प्रचलन चलनमा छ ।

तीन महिनामा कुनै विहारमा वर्षावास बस्ने समएमा दाताहरुले निमन्त्रणा गर्ने गरिन्छ । कठिन दानको जिम्मा लिएका दाता परिवारबाट चीवर दान गर्ने गरिन्छ । आनन्द भुवन विहार भुइखेल, स्वयम्भुको आयोजनामा दाता तथा बौद्ध धर्मालम्वीको उल्लेखीय सहभागितामा याे चीवरदान सम्पन्न भएको छ ।

विहारका समिति, सिदार्थ, शोभन भन्ते भिक्षुहरु सामुहिक रुपमा  वर्षाबास बसेका हुन् । कठीन चीवरदान बुद्ध धर्ममा अष्टमहा कुशल मध्य पहिलो कार्य रहेको बौद्धमा उल्लेख गरेको पाइन्छ । यो कुशल कार्य सु-सम्पन्न गर्न कठिन वा गाह्राे हुने भएकोले यसलाई कठिन दान भनिएको बौद्ध भिक्षुहरु बताउँछन्  । कठिन दानको अर्थ सुमेरु पर्वत जस्तै अटल, जस्तोसुकै हावाहुरी आए तापनि कम्पन्न हुने, कुनै पनि बल शक्तिबाट हानी नोक्सानी नहुने गरी स्थिर रुपमा फल पाउने बाैद्ध ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

बौद्ध समुदायमा श्रदालु उपासक उपासिकाहरुबाट मान सम्मान सहित श्रदाभावपूर्वक दान गरिने यस दानलाई दुर्गति निवारण पुण्य कार्यको रुपमा लिइन्छ ।

Loading...