त्रिशुलीमा खसेकाे रात्रीबसबाट ११ काे शव निकालियाे, ३० बढी अझै वेपत्ता

धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

पृथ्वीराजमार्ग अन्र्तगत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा खसेको बस क्रेनबाट निकाल्ने तयारी भएको प्रमुख प्रमुख रावतले जानकारी दिए ।

सप्तरीको राजविराजबाट छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।

Loading...