छठका लागि सरकारले दियाे बिहीबार र शुक्रबार दुर्इ दिन विदा

काठमाडौं, ९ कार्तिक । गृहमन्त्रालयले छठ पर्वको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ ।

छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग हुँदै आएको बेला सरकारले थप एक दिन बिदा दिएको हो ।
सरकारले आज पनि छठको अवसरमा सार्वजनिक बिदा दिएको थियो ।

Loading...