चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सी जिनपिङ विचारधारा पारित

सी जिनपिङ माअाेपछिका शक्तिशाली नेता

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ इतिहासकै शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सी माअाेत्सेतुङपछिका शक्तिशाली नेताका रुपमा मानिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेसँगै यस्ताे विश्लेषण गरिएकाे हाे । यसअघि माअाेका पालामा चिनमा माअाे विचारधारा अाैपचारिक रुपमा सरकारले घाेषणा गरेकाे थियाे ।

यससँगै चिन नयाँ युगमा प्रवेश गरेकाे घाेषणा पनि गरिएकाे छ । समकालिन विश्वमा चिन सबैभन्दा अाधुनिक सैन्य क्षमता भएकाे देश मानिन्छ । साथै अन्य प्रविधि र अार्थिक रुपमा पनि चिन प्रमुख शक्तिकै रुपमा रहेकाे छ । तीब्र रुपमा चिनले गरेकाे विकासले विश्वभर प्रभाव पारिरहेकाे छ ।

सी जिनपिङलार्इ माअाेपछिका नेता देङस्याअाे पेङ भन्दा पनि शक्तिशाली र भिजन भएका नेताका रुपमा मानिएकाे छ । यसपटक सम्पन्न भएकाे कम्युनिस्ट पार्टीकाे १९ अाै महाधिवेशनमा सीले प्रस्तुत गरेकाे राजनैतिक प्रतिवेदन निकै उत्कृष्ट रहेकाे भनिएकाे छ । जसमा उनले चिनिया विशेषतासहितकाे समाजवाद लागु गरिने स्पष्ट रुपमा उल्लेख गर्दै त्यसकाे लामाे व्याख्या गरेका छन् ।

महाधिवेशनले मंगलबार ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद र सी जिनपिङ विचारधारा’ पार्टीको निर्देशक सिद्दान्तहरुमध्ये एक बन्ने घाेषणा गरेकाे छ । सीजीनपिङ विचारधारालार्इ पार्टीकाे घाेषणा पत्र र विधानमै राखिने भएकाे छ । महाधिवेशनपछि जारी गरिएकाे एक विज्ञप्तीमा भनिएकाे छ, ‘सी जिनपिङ विचारधारा पार्टीको एक निर्देशक सिद्दान्त बन्नुपर्छ भन्ने विषयमा कंग्रेस एकमत छ ।’

सो घोषणापछि छोटो मन्तव्य राख्दै सीले भने, ‘आज हामी सवा तीन अर्बभन्दा बढी चिनियाँहरु उत्साह र गरिमापूर्वक बाँचिरहेका छौँ। हाम्रो भूमिले महान गतिशीलतालाई प्रसारित गर्दछ। अनन्त महिमा र प्रभावसहित हाम्रो चिनियाँ सभ्याता चम्किरहेको छ।’ ‘हाम्रो पार्टीले बलियो, सुदृढ र गतिशील नेतृत्व दिएको छ। हाम्रो समाजवादी प्रणालीले महान शक्ति र जीवन्तता प्रदर्शन गरेको छ,’ उनले भने।
राष्ट्रपति सीले महाधिवेशनकाे बन्दशत्रमा साढे तीन घन्टा लामाे भाषण गरेर अाफ्नाे प्रतिवेदन र चिनकाे अागामी यात्राबारे प्रशिक्षण दिएका थिए । साे क्रममा उनले भनेका कुरालार्इ महाधिवेशन प्रतिनिधिले निकै चाखपूर्वक सुनेका थिए ।

चिकपाकाे महाधिवेशनले पारित गरेकाे सी जिनपिङ विचारधाराले चिनलार्इ नयाँ ठाउँमा पुर्याउने बताइएकाे छ । यसले चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा माओ युग र देङ युगपछि सी जिनपिङ युगको सुरुवात गर्ने मानिएकाे छ । सी जिनपिङ विचारधाराले कम्युनिष्ट पार्टीलाई मुख्य जोड दिन्छ। उनले यसपटक कम्युनिस्ट पार्टी र मार्क्सवाद, लेनिनवाद, माअाेविचारधारालार्इ निकै जाेड दिएका छन् । कम्युनिस्ट पार्टी विना चिन महाशक्ति बन्न नसक्ने उनकाे जाेड छ । साथै कम्युनिस्ट पार्टी समाज र राजनीतिको हरेक क्षेत्रमा स्थापित गर्नुपर्ने र कम्युनिस्ट नेतृत्वलाई सुनिश्चितता गर्नुपर्ने सीले जाेड दिएका छन् ।

महाधिवेसन उद्घाटन गर्दा राष्ट्रपति सीले आफ्नो प्रतिवेदनमा १४ प्रमुख सिद्दान्त रहेको घाेषणा गरेका थिए । जसमा ‘पूर्ण सुधार’, ‘विकासका नयाँ अवधारणा’, ‘मानवजाति र प्रकृतिको साझा भविष्य’, ‘सेनामाथि पार्टीको पूर्ण नियन्त्रण’, ‘एक राष्ट्र, दुई प्रणाली’ लगायतका विचार रहेकाे उनले जानकारी गराएका थिए ।

यसलार्इ चिनमा मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई बदलिएकाे सन्दर्भमा नयाँ ढङ्गले लागु गर्ने प्रणाली भएको बताएका छन् । प्रतिवेदनमा सीले मार्क्सवाद–लेनिनवाद, माओ विचारधारा, देङ स्यायो पेङ सिद्दान्त, तीन प्रतिनिधित्वको सिद्दान्त र विकासबारे वैज्ञानिक दृष्टिलाई अझ सम्पन्न बनाउने उल्लेख गरेका छन् ।

त्यस्तै सीले २१ औँ शताब्दीको मध्यसम्ममा चीनलाई ‘महान आधुनिक र समाजवादी’ राष्ट्र बनाउने योजना पनि अघि सारेका छन्। यसका लागि उनले दुई चरणको लक्ष्य तय गरेका छन्। जसअनुसार सन् २०३५ सम्म कम्युनिष्ट पार्टीले समाजवादी आधुनिकीकरणमा जोड दिने र सन् २०५० सम्ममा ‘समृद्ध, शक्तिशाली, लोकतान्त्रिक, साँस्कृतिक रुपले विकसित, सामञ्जस्यपूर्ण र सुन्दर’ चीन बनाउने उनले बताएका छन्।

यसका लागि सेनाको सुदृढीकरण, नवान्वेषण, आर्थिक विकास र कूटनीतिमा उनले विशेष जोड दिएका छन्। ‘यो युगमा चीन विश्वको केन्द्र बन्दै जानेछ र चीनले मानवजातिका लागि थप योगदान दिँदै जानेछ,’ सीले भनेका थिए।

चिनमा सी भन्दाअघिका नेताहरुहरुले पनि आफ्नो विचारधारालाई पार्टी विधानमा उल्लेख गर्ने गरेका थिए । तर, माओ र देङबाहेक अन्य नेताको नाम ती विचारमा जोडिएका थिएनन । अझ माओबाहेक अन्य कसैको पनि विचारलाई ‘विचारधारा’ को रुपमा स्थान दिइएको थिएन । चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा माओ विचारधारा र देङ स्यायो पेङ सिद्दान्तले स्थान पाएको थियाे । त्याे अहिले पनि कायमै छ । तर, अहिले अाएर सी जिनपीङ विचारधारालार्इ त्यसरी नै उल्लेख गरेपछि चिनमा सिकाे प्रभाव निकै बढेकाे मानिएकाे छ । उनलार्इ माओजत्तिकै र देङभन्दा बढी शक्तिशाली नेता मान्न थालिएको बताइन्छ ।

यसैबीच अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले फाइनान्सियल टाइम्समा लेखेका छन्, ‘सी देङ स्यायो पेङपछि सबैभन्दा शक्तिशाली नेता हुनेछन् भनेर मैले पाँच वर्षअघि लेखेको थिएँ। वास्तवमा म गलत थिएँ। उनी माओ त्सेतुङपछि चीनको सबैभन्दा शक्तिशाली नेता बनेका छन्।’

केहीले अब सीविरुद्ध उभिनु कम्युनिष्ट पार्टीविरुद्ध उभिनुजत्तिकै भएको बताएका छन् र सीले २०२२ पछि पनि आफ्नो शासनकाल लम्ब्याउन सक्ने दाबी गरेका छन्। यद्यपि सीलाई सामूहिक नेतृत्वमा विश्वास गर्ने व्यवहारिक नेताको रुपमा पनि चित्रित गरिन्छ। उनले पार्टीभित्र उत्तराधिकारको प्रश्नलाई हल गर्न पनि सहमतिको आधारमा कदम चालेको बताइएको छ।

Loading...