मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुदाँ ८ को मृत्यु ३६ घाईते

पेनाङ । मलेसियामा रहेको पेनाङ शहरमा मंगलवार बिहानै सडक दुर्घटना हुदा ८  बिदेशी कामदारको दुखद मृत्यु भएको छ । बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको हो ।
 
 
 

सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस एक आपसमा जुध्दा उक्त हताहती भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् । उक्त हताहतीबारे नेपाली दुताबासले भने नेपालीको ज्यान गएको अहिलेसम्म पुष्टि नभएको भनेको छ ।

मंगलवार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर तीन दर्जन कामदारहरु सक्त घाईते भएका बताईएको छ ।

 

Loading...