प्रचण्ड पुत्र प्रकाशले लोकेन्द्र बिष्टलार्इ ‘तँ बाहिर गर्इहाल’ भन्दै लखेटेपछि हंंगामा

काठमाडाैं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले साे पार्टीका एक बरिष्ठ नेता तथा पूर्व मन्त्रीलार्इ अपशब्द बाेल्दै धकेलेर काेठाबाट बाहिर पठाएकाे खुलासा भएकाे छ । पटक पटक विवादमा अाइरहने प्रचण्ड पुत्र प्रकाशले साेही पार्टीका नेता लाेकेन्द्र बिष्ट मगरमाथि यस्ताे दुर्व्यवहार गरेका हुन् । कहिले बहुबिबाह त कहिले नेता कार्यकर्तालाई तथानाम गाली गरेर चर्चामा आउने प्रकाशले नेता बिष्टलार्इ “तँ गइहाल” भन्दै धकेलेकाे घटना बाहिर अाएपछि उनकाे फेरि चर्चा सुरु भएकाे छ । प्रकाश केही बर्ष अघि पारस शाह थाईल्याण्डमा बिरामी परेका बेला पारस शाहको निधन भएकोमा हार्दिक श्रद्धाञ्जली भन्दै फेसबुकमा स्टाटस लेखेपछि विवादमा अाएका थिए ।

प्रचण्डलार्इ भेट्न गएका बेला माअाेवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्व मन्त्री लाेकेन्द्र बिष्ट मगरलार्इ प्रकाशले ‘तँ बाहिर जा’ भन्दै धेकेलेकाे स्वयम बिष्टले नै खुलासा गरेका हुन् । जनयुद्धकालमा रुकुम जेलमा लामाे समय बसेका बिष्ट पूर्वमन्त्री समेत हुन् । करिब ४० बर्षदेखि प्रचण्डसँगै रहेका बिष्टलार्इ प्रचण्ड पुत्रले बालवाटारबाट धकेलेरै बाहिर पठाएको भन्ने खुलासा भएपछि सबैतिर यसबारे चर्चा परिचर्चा सुरु भएकाे छ । बिष्टले याे कुरा एक अनलार्इनसँगकाे अन्तरवार्ताका क्रममा खुलासा गरेका हुन् ।

अनलाइनसँग कुराकानी गर्दै पूर्वमन्त्री तथा प्रकाश दाहालबाट पीडित लाेकेन्द्र बिष्ट मगरले भनेकाे कुरा जस्ताकाे तस्तै :

‘प्रकाश दाहाल बाबुका कारण पनि होला अलिकति घमण्डी छन् । चर्को बोल्छन् । एउटा घटना छ– प्रचण्ड प्रधानमन्त्री भएका देला उनलाई भेट्न मैले प्रकाशलाई फोन गरेँ, उठेन । सीधै बालुवाटार भेट्न गएँ । प्रकाश आएनन् । भेटघाट दिनेजस्तो अवस्था भएन । म आफैँ अध्यक्षलाई भेट्न कस्सिएँ र अघि बढेँ । प्रकाशले थाहा पाएछन् र बीच बाटोमै बाटो छेक्न आए । मैले भने, ‘म अध्यक्षलाई भेट्न आएको हुँ ।’ चर्को स्वरमा उनले भने, ‘तपाईं तल गएर बस्नुस् । नसोधेरै आउने, फोन नगरी आउने ? मैले भने, ‘कसलाई सोधेर आउने ? फोन गर्दा फोन उठ्छ र तिम्रो ? म अध्यक्षको कार्यालय सदस्य हुँ ।

अध्यक्षलाई भेट्न जाँदा प्रचण्डपुत्रले नै बाटो छेकेर ‘तँ तल जा‘’ भनेपछि कुकुरले पनि त्यस्तो खालको व्यवहार भोग्दैन । कि हामीलाई पार्टीबाट निष्काशित गरिदिनुप¥यो । म त प्रचण्ड भेट्न गएको हुँ । सुसाइडर वा आत्मघाती दस्ता बनेर म प्रचण्डलाई सिध्याउन गएको त होइन नि ? यो विषयमा कार्यालय बैठकमा सबैले आलोचना गरे । मैले भने, ‘कमरेड अध्यक्ष, हामी तपाईंलाई समस्या बन्न आउँदैनौँ । समस्या सेयर गर्न आइन्छ ।

तपाईंको समस्या हल गर्ने गरी आइन्छ । यदि हामी आउँदा सेयर गर्ने कुरालाई पनि समस्या मान्नुहुन्छ भने अब आइँदैन ।’ त्यसपछि म कहिल्यै गइनँ । झन्डै नौ महिना भयो, म प्रचण्डलाई भेट्न गएको छैन । मैले अपेक्षा नगरेको कुरा उहाँको छोराबाट भयो । उहाँको छोराले नराम्रो गरेपछि मलाई जान मन लागेन । त्यसले मलाई दुःख लाग्यो । त्यसको दोष म तलको मान्छेलाई होइन, अध्यक्षलाई दिन्छु । अध्यक्षले मिलाउनुपथ्र्यो ।

उहाँले जोसुकै सहयोगी राखेहुन्छ तर, त्यसले पार्टीलाई र उहाँलाई सजिलो गर्नुपर्छ । उहाँको सचिवालयमा भएका मान्छे प्रचण्ड होइनन्, प्रचण्डका सहयोगी हुन् । तर, उनी महाप्रचण्ड हुनु हुँदैन । प्रचण्डका वरिपरि बस्ने मान्छे महाप्रचण्ड भएपछि प्रचण्डलाई समस्या परेको हो । त्यो कुरा मिलाउने प्रचण्डले नै हो । म गरेर खाने मान्छे हुँ । पछि म खेतीपाती गर्न लागेँ । छोरा प्रकाशबाट धेरै मान्छे पीडित छन् । उनले गर्ने व्यवहार राम्रो छैन । अरुको पनि गुनासा छन् । फोन उठ्दैन । त्यहाँ गएका मान्छेलाई रेस्पोन्स हुँदैन । प्रचण्ड हाम्रो नेता हो तर, प्रकाश नेता होइन कार्यकर्ता हो । प्रचण्डको छोरो त हो तर, पार्टीको कोणबाट हेर्दा कार्यकर्ता हो । प्रकाशले त्यहाँ जाने मान्छेलाई जो ‘बिहेब’ गर्छन्, त्यसले प्रचण्डलाई असर गर्छ । पार्टीलाई असर गर्छ ।’

Loading...