म्हैपी गोलीकाण्डका मुख्य अभियुक्तसहित ४ पक्राउ

२३ वर्षीय सविना म्हैपीमा गोली काण्डकी मुख्य योजनाकार

काठमाडौँ, ५ कार्तिक । प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

गुरुङलाई गोली हानेको अभियोगमा काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३६ का असुन गुरूङ,नुवाकोटको खानीगाउँ ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३५ वर्षीय  नवराज लामिछाने,काठमाडौं महानगरपालिका १२ का अन्दाजी ३१ वर्षीय सुरेन्द्र शाही र चितवनको सौराहा घर भई हाल काठमाडौं महानगरपालिका १६ स्थित कुमारी क्लब छेउमा डेरा गरी बस्ने २३ वर्षीया सविना पाण्डे क्षेत्रीलाई पक्राउ गरेको हो ।

परिसरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख रवीन्द्रकुमार धानुकले सविनालाई जिस्काएको आरोपमा असुनले कल्याणमाथि गोली हानेको जानकारी दिनुभयो । “घटनामा असुनले कल्याणलाई गोली हानेको अनुसन्धानमा खुल्न आएको छ”–प्रमुख धानुकले भन्नुभयो ।
डिस्कोमा युवतीका विषयमा झगडा हुँदा बाहिरेका २९ बर्षीय गुरुङ बा .५७ प ६९५७ नम्बरको स्कुटरमा गइरहेकाे बेला आइतबार एकाबिहानै करिव ४ बजेतिर कारमा आएका कल्याण सहित समुहले गोली प्रहर गरेको थियो ।
घटनाकी योजनाकार सविनाले असुनलाई बोलाएको र कारमा पिछा गरेर गोली हानेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । असुन मनाङ निवासी हुन् ।

घाइते कल्याणको अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...