काठमाडौँमा सर्वसाधारण असुरक्षित, डान्सर युवतीको निहुमा गोलीप्रहार

काठमाडाैं, ५  कार्तिक । राजधानीको लैनचौर म्हैपीमा आज बिहानै अपराधिक समुहले चलाएको गोली बाट एकजना घाइते भएको छ । गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ घाइते भएको हो । उनको दाइने खुट्टको घुडा मुनि पिडौलामा गोली लागेको छ ।

पछिल्लो जानकारी अनुसार प्रहरीले घटनामा संलग्नको आशंकाले अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख रबिन्द्र धानुकले बताएको छ ।

घटनाको विवरण अनुसार: ठमेलको लैनचौरस्थित एक डिस्कोमा घाइते (कल्याण गुरुङ)ले एकजना डान्सर केटीलाई जिस्काएको निहुमा  शनिबार राति नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । स्कुटर लिएर बिहान साढे ३ बजेतिर ठमेलबाट निस्केका गुरुङलाई डान्सर युवतिका केटा साथीहरुले गाडिबाट स्कुटरलाई पिछागरि म्हैपी पुगेपछि स्कुटरलाई रोकेर गोली प्रहर गरेका थिए ।

नयाँबानेश्वरमा दुई साताअघि मात्रै गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले एक वर्षअघि नै ‘थ्रेट’ महसुस गरी सम्बन्धित निकायसँग सुरक्षा मागेका थिए । तर उनलाई सुरक्षा भएन आखिर अज्ञात समुहले दिउसै गोली प्रहार बात उनको हत्या भयो । त्यसैगरि आज राजधानीको मैह्पीमा बिहानै गोली चल्यो ।  मध्य रातमा सवारी साधन चेकजाच कत्तिको फितलो छ भन्ने यस घटना बाट लिनसकिन्छ ।

प्रहरीले पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । थप अनुसन्धान भइरहेको भनेको छ । घाइते गुरुङको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Loading...