एकाबिहानै राजधानीमा गोली चल्यो, स्कूटर चालकलार्इ कारमा आएका व्यक्तिले हाने गोली

काठमाडौं, ५ कार्तिक । राजधानीमा फेरि अर्काे गाेलीकाण्ड घटेकाे छ । तिहार सकिएकाे एक दिन नबित्दै अाज अाइतबार बिहानै काठमाडाैंकाे म्हैपीमा गाेली चलेकाे हाे ।

अाज बिहानै म्हैपीमा स्कुटरमा गइरहेका एक व्यक्तिमाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेका व्यक्ति गम्भीर घार्इते छन । उनलार्इ तत्काल उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पताल लगिएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख रवीन्द्र धानुकले म्हैपीमा गोली लागेर स्कुटीमा सवार कल्याण गुरूङ घाइते भएका जानकारी दिएका छन् ।

प्रहरीका अनुसार घाइते गुरुङ रानीबारीमा बस्दै अाएका थिए । उनलार्इ घुँडामुनि गोली लागेको बताइएकाे छ । उनलार्इ कार चढेर अाएका व्यक्तिले गाेली हानेकाे स्थानीयले जानकारी दिएका छन् । प्रहरीले घटनापछि पाँच जना शंकास्पद व्यक्तिलार्इ पक्राउ गरेकाे छ । तर,  गाेली  कसले हानेकाे हाे भन्ने अहिलेसम्म थाहा हुन नसकेकाे र अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

शनिबार राति लैनचौरस्थित एक डिस्कोमा झगडा भएकाे थियाे । सोही झगडाका कारण बिहान गोली चलेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ ।

राजधानीमा लगातार गाेलीकाण्डहरु घट्दै गएका छन् । यसरी दिन दहाडै गाेली हानेर मान्छेकाे ज्यान लिँदा पनि प्रहरीले त्यसमा सम्लग्न हुने व्यक्तिकाे केही छेउटुप्पाे पत्ता लगाउन नसकेपछि सर्वसाधारण त्रसित छन् । एक साता अघि मात्रै राजधानीकै नयाँ बानेश्वरमा गाेली हानी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्या गरिएकाे थियाे ।

Loading...