अक्टोवर क्रान्ति र नेपाल

  • क्लोद आद्रियनहरू
    बैरागी जेठा
  • सम्झिरहेछु म
  • राम हर्मनहरूका
  • मीठा सपनाहरू खोजिरहेछु
  • हाइनेहरू पढिरहेछु
  • नेपालले कसरी मनाउँदै छ
  • अक्टोवर क्रान्ति दिवस
  • सैँपालमा बसेर हेरीरहेछु
  • क्रान्ति नभएको हैन
  • जनता नजुटेको हैन
  • तिमीले क्रान्ति बुझेनौँ
  • क्रान्ति चिप्लेको
  • पत्तै पाएनौ तिमी
  • कस्तो कुरा गरिरहेछौ
  • तिम्रो कुरामा गुदी नै छैनन्
  • साँच्चै भन्ने हो भने
  • हाइनेहरूलाई तिमीले पढेकै छैनौ
  • लुसुन र गोर्कीहरू बुझेका छैनौ
  • अनि पुस्किन
  • झन लेनिन कसरी बुझ्यौ होला
  • लेनिन नबुझेर नै तिमीले
  • अक्टोवर कसरी बुझेहौला
  • स्टालिन नहुँदा हुन्
  • रसिया क्रान्ति सम्भव थिएन
  • हाम्रो नेपालमा
  • खै ति लिडरहरू आउँदै आएन
  • मैले स्टालिनहरूकै पाउ समाएर
  • असनको बजारमा
  • मशाल कुदाएकै हुँ
  • तिमी मलाई गद्दार भनिरहेछौ
  • थुक्क थुकिरहेछौ
  • तिमीलाई अक्टोरवर क्रान्तिको
  • पक्षधर ठानौ
  • रोक सब, नक्कली आँखाहरू
  • मैले हत्केलामा उठाएका
  • राता झलल झलल
  • सुन्दर मशालहरू
  • थाहा छ मलाई
  • जुद्ध शम्सेरले ननिभाएको
  • मेरो हातको मशाल तिमी निभाएर
  • अक्टोवर क्रान्तिको सम्झना
  • गरिरहेछौ
  • कति आतुर
  • मेरो मुखमा थुक्न
  • विधी र विधान विपरीत हिँडेर
  • खै के गर्लाऊ
  • अक्टोवर क्रान्ति ?
Loading...