यसरी बाँडे एमाले र माओवादी केन्द्रले प्रदेश र केन्द्रको सिट

कुन जिल्ला कसको भागमा ? (हेर्नुहोस नामावलीसहित)

काठमाडाैं, ३ कार्तिक । अागामी निर्वाचनका लागि गठबन्धन गरेका नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)ले भागवन्डा टुङ्गाे लगाएका छन् । मंसिर १० मा घाेषणा भएकाे संघीय प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा दुर्इ दलले यसअघि सहमति गरिएकाे ६० र ४० प्रतिशतमा भागवन्डा टुङ्गाे लगाएका हुन् ।

निर्वाचनका लागि तत्काल वाम गठबन्धन बनाउन लागेका दुर्इ दलले निर्वाचनपछि पार्टी एकता नै गर्न घाेषणा गरेका छन् । त्यसका लागि बनाइएकाे पार्टी एकता संयोजन समितिले नै चुनावी भागवण्डा पनि टुङ्गाे लगाएकाे हाे । जसअनुसार पहिलो चरणमा हुने ३२ जिल्लाकाे तत्काल टुङ्गाे लागेकाे छ । बाँकी दाेस्राे चरणकाे निर्वाचनका लागि गृहकार्य भइरहेकाे जनाइएकाे छ ।

स‌घीय प्रतिनिधिसभाका लागि पहिलाे चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ सिट मध्ये २१ सिट एमालेले लिएकाे छ भने १६ सिट माओवादी केन्द्रले लिएकाे छ । त्यस्तै प्रदेश सभातर्फ ७४ सिटमध्ये ४१ सिट एमालेले लगेकाे छ ३३ सिट माओवादी केन्द्रकाे भागमा परेकाे छ ।

उनीहरुले याे भागवन्डा २०७० सालको संविधान सभा निर्वाचन र स्थानीय तहको निर्वाचनलाई आधार मानेर गरिएकाे जनाएका छन् । एमालेले ताप्लेजुङ ओखलढुंगा, पाँचथरसहितका जिल्लाका २१ सिट लिएको छ भने माओवादी केन्द्रको भागमा रुकुम, जाजरकाेट, कालिकाेट, भोजपुर, सोलुखुम्बु, रामेछापसहित १६ जिल्लाका सिट परेका छन्।

दुर्इ दलले गरेकाे बाँडफाँड यस्ताे छ
केन्द्रमा एमालेका भागमा परेका सिट:
१, ताप्लेजुङ
२, पाँचथर
३, संखुवासभा
४, ओखलढुंगा
५, खोटाङ
६, दोलखा
७, रसुवा्
८, सिन्धुपाल्चोक २
९, नुवाकोट २
१०, धादिङ १
११, धादिङ २
१२, मनाङ्ग
१३ मुस्ताङ्ग
१४ म्याग्दी
१५ बाग्लुङ्ग १
१६, डोल्पा
१७ बझाङ
१८, मुगु
१९, बाजुरा
२०, बैतडी
२१, दार्चुला

केन्द्रका लागि माओवादी केन्द्रले पाएका सिट:
१, भोजपुर
२, सोलुखुम्बु
३, रामेछाप
४, सिन्धुपाल्चोक १
५, नुवाकोट १
६, लमजुङ
७, गोरखा १
८, गोरखा २
९, बागलुङ २
१०, रुकुम पूर्व
११, रोल्पा
१२, जुम्ला
१३, कालिकोट
१४, हुम्ला
१५, जाजरकोट
१६, रुकुम पश्चिम

यता, ३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा सिटमा २१\१६ को भागबण्डा गरका दुई दलले प्रदेशसभाका ७४ सिटमा भने ४१\३३ को भागबण्डा गरेका छन् । प्रदेश सभामा भने एमालेले भोजपुर, सोलुखुम्बु, रामेछाप लगायतका जिल्ला आफ्नो भागमा पारेको छ ।

प्रदेश सभा:
एमालेकाे भागमा परेका सिट

ताप्लेजुङ (क), पाँचथर (क), संखुवासभा (ख), भोजपुर (क) र (ख), सोलुखुम्बु (क) र (ख), ओखलढुंगा (क), खोटाङ (क), दोलखा (ख), रामेछाप (क) र (ख), रसुवा (क), सिन्धुपाल्चोक १ (ख), २ (ख), नुवाकोट १ (ख), लम्जुङ (क) र (ख), धादिङ १ (क), २ (क), मनाङ (क) र (ख), मुस्ताङ (क) र(ख), म्याग्दी (ख), गोरखा १ (ख), बाग्लुङ १ (क), २ (ख), डोल्पा (क), जुम्ला (ख), कालीकोट (क), जाजरकोट (क) र (ख), मुगु (क) र (ख), बझाङ (क), बाजुरा (क) र (ख), बैतडी (ख) र दार्चुला (क)

माओवादी केन्द्रका भागमा परेका सिट

ताप्लेजुङ (ख), पाँचथर (ख), संखुवासभा (क), ओखलढुंगा (ख), खोटाङ (ख), दोलखा (क), रसुवा (ख), सिन्धुपाल्चोक १ (क), २ (क), नुवाकोट १ (क), धादिङ १ (ख), २ (क), गोरखा १ (क), २ (क) र (ख), बाग्लुङ १ (ख), २ (क), म्याग्दी (क), रोल्पा (क) र (ख), रुकुम पूर्व (क) र (ख), रुकुम पश्चिम (क) र (ख), डोल्पा (ख), जुम्ला (क), कालीकोट (ख), हुम्ला (क) र (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला (ख)

Loading...