रेखा थापा राप्रपातिर लागेपछि नविनासँग छमछम नाचे प्रचण्ड

काठमाडाै, ३ कार्तिक । पुष्पकमल दाहाल प्रचण्ड उर्फ प्रचण्ड नेतामात्र हाेइनन् । उनी एक कलाकार पनि हुन् । उनी धेरै खालका अभिनय गर्न जान्छन । अाफूलार्इ अावश्यक पर्ने माहाेल अाफै बनाउन सक्छन र परिस्थिति अनुरुप भाषण गर्न सक्छन । मान्छेलार्इ कहिले राेएर त कहिले हाँसेर अाफूतिर तान्न खाेज्छन । कहिले नाचेर त कहिले गीत गाएर पनि प्रचण्ड अाफूलार्इ चर्चामा ल्याउँछन् ।

एक समय उनी रेखा थापासँग नाचेर चर्चामा अाएका थिए । सडकमा अान्दाेलनमा उत्रिएका प्रचण्डलार्इ साथ दिन अाएकी रेखा थापासँग भद्रकाली अगाडिकाे सडकमै नाचेपछि उनकाे चर्चा भएकाे थियाे । प्रचण्ड कम्मर मर्काइ मर्काइ नाचेपछि रेखा थापा प्रभावित भएर उनकै पार्टीमा लागेकी थिइन । पार्टीमा लागेकी रेखालार्इ प्रचण्डले सभासद बनाउन समानुपातिक सूचीमा नाम पनि लेखाउने प्रयत्न गरेका थिए । तर, रेखाकाे नाम भाेटिङ लिस्टमै नभेटिएपछि उनकाे प्रयास सफल हुन पाएन । अहिले रेखा अर्कै पार्टीमा लागिसकेकी छन् ।

यसपटक भने प्रचण्ड फेरि अर्की युवतीसँग नाचेर चर्चामा अाएका छन् । उनकै पार्टीकाे भातृ संगठन अखिल क्रान्तिकारीले अायाेजना गरेकाे देउसी भैलाे कार्यक्रममा प्रचण्ड यसरी नाचेका हुन् ।
प्रचण्ड निवास लाजिम्पाट पुगेका विद्यार्थी टाेलीमा एमाले अखिलकी अध्यक्ष नवीना लामा पनि थिइन । साे क्रममा प्रचण्ड नविना लामासहितका युवतीहरुसँग छमछमी कम्मर मर्काउँदै नाचेकी हुन् ।

पार्टी एकता हुने पक्का भइसकेकाे भन्दै दुर्इ विद्यार्थी संगठनका नेताहरु एकै टाेलीमा देउसी कार्यक्रममा सहभागी भएका थिए । यसरी मिलेर विद्यार्थीहरु अाएकाे देखेपछि खुसी भएका प्रचण्ड खुसी भएर नाचेका हुन् । देउसीभैलोे टाेलीमा अखिलका कार्यकर्ताहरुसँगै प्रचण्ड र उनकी कान्छी छोरी गंगा दाहाल पनि थिइन । उनीहरु सबै जना प्रचण्डसँग नाचेका थिए ।

एकघन्टासम्म नाचेर सकिएपछि प्रचण्डले देउसीभैलो टाेलीलार्इ सम्वाेधन पनि गरेका थिए । साे क्रममा बाेल्दै उनले पार्टी एकता नहुँदै विद्यार्थीहरुमा देखिएको एकताले अाफूलार्इ खुसी तुल्याएकाे बताए ।

प्रचण्डले भने ‘निर्वाचनमा मात्र हामी एक हुँदै छैनौं, त्यसपछि पार्टी एकता पनि गर्दैछौँ। त्यो नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा अर्काे छलाङ र क्रमभंगता हो।’

नविनाले क्रान्तिकारीले आफूलाई निम्ता गरेका कारण अाफू साे कार्यक्रममा सहभागी भएकाे बताइन । उनले केही वर्षयता एक संगठनले अर्काे संगठनका नेताहरुलार्इ पनि बाेलाउने गरेकाे उनले जानकारी दिइन ।

Loading...