जाजरकोटमा फेरि अर्को बस दुर्घटना, सडकबाट ३ सयमिटर तल भेरी नदीमा खस्यो बस

जाजरकोट, ३ कार्तिक । जाजरकाेटमा अाज अर्काे एक बस दुर्घटनामा परेकाे छ । जाजरकाेटकाे सदरमुकामबाट सुर्खेत अाउँदै गरेकाे बस दुर्घटनामा पर्दा २ जनाकाे ज्यान गएकाे छ भने १२ जना घाइते भएका छन् ।

सदरमुकाम खलंगाबाट अाउँदै गरेकाे बस सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा पुगेपछि दुर्घटनामा परेकाे हाे । भेरीगंगा यातायात व्यवसायी समितिद्वारा सञ्चालित भे १ ख ७२२ नम्बरको यात्रु बसमा सवार २ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।

कालीखोला नजिकैको भीरबाट उक्त बस ३ सय मिटर तल भेरी नदी किनारमा खसेको हो । बसमा करिब २५ जना यात्रु भएको अनुमान गरिएको छ । घटनाकाे थप बिवरण अाउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

बसका चालक भने सकुशल रहेकाे प्रहरीले जनाएकाे छ । उनलार्इ प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे साेधपुछ गरिरहेकाे बताइएकाे छ । 

Loading...