वस्तीमा पसेर मान्छे खान थालेपछि ८३ भालु मारियो

एजेन्सी । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव बस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् ।

साखलिन टापुमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव बस्तीमा फैलाएका कारण गाउँलेले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपिलपछि भालुलाई जङ्गलतिर धपाइने गरेपनि जङ्गलमा आहाराको कमी हुँदा निरन्तर मानव बस्तीमा आक्रमण गर्ने क्रम नरोकिएपछि प्रशासनको सल्लाह अनुसार एक हप्तामा ८३ भालुलाई मारिएको छ ।” एक वर्षको अवधिमा यो सङ्ख्याको तेब्वर भालु मारिएको उनले बताए ।

यस क्षेत्रमा यस पहिले भालु आक्रमणमा स्थानीयले ज्यान गुमाएका नगन्य घटना पाइने गरेपनि पछिल्ला केही वर्ष यता भालुको विगविगी रहने गरेको आफू यो सूचना दिने अधिकारिक व्यक्ति नभएकोले नाम सार्वजनिक नगर्ने सर्तमा बताए ।

स्थानीय नदी तथा खोलाहरूमा पाइने सालमन जातका माछाकोे उच्च मागसँगै अत्यधिक दोहन तथा जलवायु परिवर्तनका कारण जङ्गली फलहरूको कमी हुन थालेपछि भालुले मानव बस्तीमा आक्रमण गर्न थालेका उनको दाबी छ ।

उनले भालुको आहारा रक्षाका लागि आगामी गृष्मऋतुभरी माछा मार्ने काम निषेध गर्नुपर्ने बताए ।

खानाको खोजीमा गाउँमा पुग्ने भालुले मानव तथा घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीय नागरिकले भालुको आक्रमण रोक्न प्रशासन गुहार्न पुगेका हुन् ।

आहाराको अभावमा निकै मोटा रहनेगरेका भालु आजकल निकै दुब्लो अवस्थामा भेटिने गरेको स्थानीय नागरिकले बताए । भालुको आक्रमणमा सेप्टेम्बरमा मात्रै दुई जनाको ज्यान गएको थियो । भालुको सन्त्रास नोभेम्बरसम्म बढी हुने गर्छ किनकी यो समय माछाकोे उत्पादन निकै कमी हुने गर्छ ।

Loading...