प्रचण्डका दुर्इ दर्जन नेताहरू विप्लवमा प्रवेश

विरगंज, ३० असोज । चुनावको मुखमा माओवादी केन्द्रका दुई दर्जन नेता-कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पर्साका माओवादी केन्द्रका नेता रामबाबु प्रसाद यादवको नेतृत्वमा उनिहरुले नेकपा प्रवेश गरेका हुन् । चुनावी तालमेल तथा एकतको नाममा पार्टी नेतृत्व एमालेमा विलय भएको भन्दै उनीहरुले चुनाव खारेजीमा लाग्‍ने बताएका थिए ।

नवप्रवेशीलाई नेकपाका पोलिट्ब्युरो सदस्य पदम राई र उमा भुजेलले स्वागत गरेका थिए ।

Loading...